Comments Add Comment

प्रतिलिपि अधिकारको माग गर्दै जगदीश्वरशमशेर राणा विरूद्ध मुद्दा

काठमाडाैं । लेखकको अनुमति बिना नै नरेन्द्रराज प्रसाईले लेखेको ‘नारीचुली’ पुस्तकलार्इ अंग्रेजीमा प्रकाशन गरेको भन्दै जगदीशशमशेर राणा विरूद्ध उजुरी परेको छ । प्रसाईले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी राणा विरूद्ध उजुरी दिएका हुन् ।

१८ अठार वर्ष लगाएर शोध, खोज र अनुसन्धान गरी २०६३ सालमा नेपाली भाषामा प्रकाशन गरेको पाँच सय ३५ पृष्ठको ‘नारीचुली’ प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीदेखि २०१७ सालसम्म जन्मेका दुर्इ सय ५४ जना नेपाली नारी स्रष्टाको जीवनी रहेको छ ।

‘नारीचुली’ को साजसज्जादेखि, सम्पूर्ण तस्वीर र मोलका साथै जीवनी बेहोरासम्म जस्ताको तस्तै अङ्ग्रेजी भाषामा अनुवाद गरेर जगदीशशमशेर राणाले Women Writers of Nepal (उमन राइटर्स अफ नेपाल) नामको ग्रन्थमा लेखक – जगदीश राणा, प्रतिलिपि अधिकार– जगदीश राणा र सर्वाधिकार सुरक्षा– जगदीश राणा लेखी प्रकाशन गरेको भन्दै प्रसाईले उजुरी दिएका हुन् ।

‘नारीचुली’ का लेखक प्रसाईले ‘नारीचुली’को प्रतिलिपि अधिकार सुरक्षित गराई पाउनुका साथै राणाले गरेको अपराधको कानुन बमोजिम कारबाही गर्न माग गर्दै निवेदन दिएका छन् ।

साथै यस सम्बन्धमा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले महानगरीय प्रहरी परिसर हनुमान ढोकामा राणालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment