नायक भूवन केसी अहिले अत्यन्त उत्साहित बनेका छन् । आफूले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’को पोखरामा छायांकन सकेपछि उनको उत्साह झनै बढेको हो । करिब ७० प्रतिशत छायांकन सकिएपछि भूवन काठमाण्डौ र्फकन लागेका हुन् ।
कलाकार र प्राविधिकको टोली फर्किएपनि भूवन बिहिबार काठमाण्डौ र्फकने बताउँछन् । आफूले यस अगाडि बनाएका चलचित्रको तुलानामा ‘ड्रिम्स’ धेरै माथिल्लो स्तरमा बनेको उनले दाबी गरे । पोखरामा १० दिनका लागि छायांकनमा गएपनि एक महिना लागेको भूवनले बताए ।
चलचित्रको कथावस्तु, छायांकन, लोकेशन हरेक कुराले उत्कृष्ट भएको उनले दाबी गरे । अब, काठमाण्डौमा एउटा गीत, एउटा एक्सन दृश्य र केही दृश्य खिच्न बाँकी रहेको उनले सुनाए । भूवनले भने-‘हामी नेपाली चलचित्र सधै बलिउड र हलिउडको जस्तो भएन भन्छौ । तर, ‘ड्रिम्स’ हेरेपछि दर्शकले तुलना गर्नुहुन्छ ।’
आफूले निर्देशन गरेको चलचित्र कुनै बलिउड र हलिउडको भन्दा कमजोर नभएको भूवनको दाबी छ । उनले चलचित्र निर्देशन गर्दा स्वर्गिय निर्देशक प्रकाशन थापालाई संझिएको बताए । प्रकाश थापाले कलाकार र निर्देशक भएर काम गरेको याद उनलाई छ ।
भूवनले भने-‘मेरो चलचित्रमा अनमोल भन्दा अरु सबै नयाँ कलाकार थिएँ । यसैले मैले हरेक दृश्य संझाएर काम गराएको छु ।’
पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । चलचित्रमा अनमोल केसीको साथमा नयाँ कलाकारहरु सन्ध्या केसी र साम्राज्ञ राज्य लक्ष्मीको मुख्य भूमिका छ ।
प्रतिक्रिया 4