+
+
Shares

तीन दशकपछि थानीको क्षेत्रमा कांग्रेसबाट कोइराला उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २३:३६

५ माघ, सुर्खेत । नेपाली काँग्रेसले सुर्खेत क्षेत्र नम्बर–२ मा युवा नेता नारायण कोइरालालाई टिकट दिएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको यो क्षेत्रमा कांग्रेसले कोइरालालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।

विगत तीन दशक देखि चुनाव लड्दै आएका कांग्रेस नेता हृदयराम थानीले माघ १ गते एकाएक चुनाव नलड्ने घोषणा गरेका थिए । २०५१ देखि चुनाव लड्दै आएका थानीले नलड्ने घोषणा गरेपछि कांग्रेसले युवा नेता कोइरालालाई टिकट दिएको छ ।

शालीन र वौद्धिक छवि बनाएका कोइराला युवाहरूमाझ लोकप्रिय नेताको रूपमा चिनिन्छन् । उनी संसदीय चुनावमा पहिलो पटक होमिँदै छन् ।  कोइरालालाई सोमबार पार्टी केन्द्रले टिकट दिएको छ । यो क्षेत्रमा कोइरालाको उम्मेदवारीलाई युवा वर्गले स्वागत गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?