News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर १ बाट उज्ज्वल बराललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- संसदीय बोर्डले बरालको नाम स्वीकृत गर्दै टिकट दिने निर्णय गरेको हो।
- कांग्रेस मुख्यसचेतक श्याम घिमिरेले टिकट पाउन सकेनन् भने बरालले टिकट पाएको पुष्टि गरे।
५ माघ, काठमाडौं । नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर १ बाट उज्ज्वल बराललाई उम्मेदवार बनाउने भएको छ ।
नेपाली कांग्रेसको आज बसेको संसदीय बोर्ड बैठकले उज्ज्वल बरालको नाम स्वीकृत गर्दै टिकट दिने निर्णय गरेको हो ।
यसअघि दुईपटक निर्वाचनमा पराजित भएका बरालसँगै यो क्षेत्रमा विघटित प्रतिनिधिसभाका सदस्य तथा कांग्रेस मुख्यसचेतक श्याम घिमिरे पनि टिकटका आकांक्षी थिए ।
शेरबहादुर देउवानिकट घिमिरेले भने यसपटक टिकट पाउन सकेनन् । ‘मैले टिकट पाएको छु । अब भोलि मनोनयन दर्ता गर्छौं,’ बरालले अनलाइनखबरसग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4