५ माघ, सप्तरी । सप्तरी-४ बाट पूर्व युवा तथा खेलकुद विकास मन्त्री नेपाली कांग्रेसका नेता तैजुलाल चौधरीले टिकट पाएका हुन् ।
सोमबार कांग्रेस सभापति गगन थापासहितको टोलीले चौधरीको टिकट टंगो लगाएको नेता नेविसंघ सप्तरी सभापति राकेश ठाकुरले बताए ।
तीनपटक निर्वाचित चौधरी चौथो पटक चुनावी नतिजा आफनो पक्षमा ल्याउने दाउमा छन् ।
दोश्रो संविधान सभा निर्वाचनमा सप्तरी—५ बाट निर्वाचित चौधरी त्यसपछि २०७४ र २०७९ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर—४ बाट निर्वाचित भएको थिए ।
सप्तरी क्षेत्र नम्बर—४ मा बोदेबरसाईन नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका र बलान बिहुल गाउँपालिका गरी चार वटा स्थानीय तह रहेका छ । (सप्तरीबाट लोकेन्द्र यादवको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4