६ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् ।
उनको स्वकीय सचिवालयले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।
`पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,´ स्वकीय सचिव भानु देउवाले भने ।
प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।
डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति भएसङ्गै उनैले उम्मेदवारका टिकटमा हस्ताक्षर गरेका छन् ।
नयाँ कार्यसमिति अमान्री भन्दै देउवा समूहले अदालतमा रिट दायर गरेको छ । भोलि उम्मेदवारी दर्ता हुनु अघि देउवाले उम्मेदवार नहुने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4