Comments Add Comment

संसदमा तालिबान आक्रमण असफल पार्ने सैनिक सम्मानित

afghan soldier who killed six insurgents

८ असार, काठमाडौं । अफगानिस्तानको संसदमा तालिबानले गरेको आक्रमणलाई असफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सैनिकलाई राष्ट्रपतिले सम्मान रगरेका छन् ।

राष्ट्रपति असरफ घानीले सैनिक ईसा खानलाई एक फ्याटको साँचो हस्तान्तरण गरेका छन् । उनले संसदमा आक्रमण गर्ने सात मध्ये ६ आक्रमणकारीलाई मारेका थिए ।

राष्ट्रपतिले ईसा खानलाई आफ्नो निवासमा स्वागत गरेको तस्वीर समेत सार्वजनिक भएको छ । ईसालाई मेडल दिनुका साथै बढुवा समेत गरिने भएको छ ।

सोमबार अफगान संसदमा प्रस्तावित रक्षामन्त्रीको परिचय गराइरहेका बेला बाहिर विस्फोट भएको थियो । लगतै आक्रमणकारीहरु भवन भित्र प्रवेश गरेका थिए । तर, सुरक्षाबलले ६ आक्रमणकारी मारेपछि तालिबानको प्रयास असफल भएको थियो ।

स्थानीय सञ्चार माध्यमले आक्रमणपछि चरमपन्थीको शव नजिकै उभिएका ईसाको तस्वीर देखाएका थिए । उनले भनेका थिए-‘म त्यहाँ तैनाथ थिएँ । मैले उनीहरुलाई संसदतर्फ आउँदै गरेको देखेँ । पहिलो एकलाई मारे । सबै गरेर ६ जनालाई मारेँ ।’

देशका लागि आफू ज्यान दिन तयार रहेको उनले बताएका छन् । अफगान राष्ट्रपतिले ईसा खानको बहादुरीमा आफूलाई गर्व रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment