Comments Add Comment

फुटबल खेल्न आउने कलाकार, कलाकार संघलाई गर्छन् वेवास्ता

ram-kesar-bogati
नेपाल चलचित्र कलाकार संघको भदौ २३ गते हुन लागेको चुनावी सभाका लागि उम्मेदवारी घोषणा सुरु भएको छ । अहिलेका महासचिव राम केशर बोगटीले कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोगटीले आफूले विगतमा गरेका कामको बर्णन गरे ।

समाजसेवी समेत रहेका राम केशरले चलचित्र कलाकार संघको अध्यक्ष पदमा निर्वाचित भएको खण्डमा थुप्रै काम गर्ने जनाएका छन् । ४ दशक लामो चलचित्र यात्रा र अभियनको क्रममा आफूले धेरै नै काम गरेको दाबी गर्दै बोगटीले आफूलाई आगामी निर्वाचनमा अध्यक्ष पदमा जिताउन अपिल गरे । उनले संघको आफ्नै भवन निर्माण गरि संघलाई भाडामा बस्नबाट मुक्त गराउने संकल्प लिएका छन् ।

उनले संघको अध्यक्ष पदमा जितेको खण्डमा गर्ने कामहरुलाई यसरी बुँदागत रुपमा उल्लेख गरेका छन् ।

१. कलाकार सदस्यहरुलाई संघको तर्फबाट दिइने विमा व्यवस्थालाई प्रभावकारी रुपमा अगाडि बढाउने छु र संघको आर्थिक बृद्धि गर्न देश विदेशमा विविध सांकृतिक कार्यक्रम लगायत चलचित्र अवार्ड कार्यक्रम समेत गर्नेछु । कलाकारहरुलाई देश विदेशमा दिइने तालिममा सहभागीता गराउन राज्यसँग पहल गर्नेछु ।

२. विधान बमोजिम बरिष्ठ कलाकार तथा लोकपि्रय कलाकारको उपाधी दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याई त्यस्ता कलाकारहरुको निधनमा राज्यले राष्ट्रिय सम्मान अनिबार्य रुपमा दिनुपर्ने व्यवस्थाका लागि पहल गर्नेछु ।

३. इन्टरनेशनल फेडेरेशन अफ एक्टर्ससँगको आवद्धतालाई निरन्तरता दिई सो संस्थासँग संघले लिन सकिने अधिकतम सेवा सुविधाहरु लिनका लागि विशेष पहल गर्नेछु ।

४. चलचित्रकर्मीहरुको संघ संस्थाहरु धेरै भइसकेको र एक आपस विचको सम्बन्ध सुदृढ हुन नसकेको अवस्थामा ‘चलचित्र महासंघ’को आवश्यकता भएकोले चलचित्र महासंघको अवधारणालाई अघि बढाउन विशेष पहल गर्नेछु । त्यस्तै चलचित्रकर्मीहरुले स्थापना गरेको चलचित्र विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको प्रगतीको लागि विशेष पहल गर्नेछु ।

५. कलाकार सदस्यहरुको बायोडाटालाई संघमा सम्पूर्ण रुपले उपलब्ध गराई वैज्ञानिक ढंगबाट विवरण राख्ने व्यवस्था गर्नेछु र कलाकारहरुलाई आवश्यक सहयोग सुविधा दिई संघप्रति आकर्षण हुने व्यवस्था गर्नेछु ।

६. हालै मात्र राज्यबाट स्विकृत भएको चलचित्र नीतिलाई काुननी रुपमा कार्यान्वयन गर्न विशेष पहल गरि चलचित्र क्षेत्र तथा नेपाल चलचित्र कलाकार संघको उन्नतीको लागि आफू सक्रिय रही पूर्ण रुपमा समर्पित हुनेछु ।

बोगटीले चलचित्र कलाकार संघप्रति कलाकारहरुको आकर्षण घट्दै गएको कुरालाई पनि आफूले गम्भिर रुपमा मनन गरेको बताए । उनले कलाकारहरुलाई विभिन्न खालका सेवा र सुविधा दिएर संघको आवश्यकता वुझाउने बताए ।

उनले फुटबल खेल्दा कलाकारको भीड हुने तर रक्तदानमा कलाकार उपस्थित नहुने प्रथा रहेको बताए । यसलाई हटाउनका लागि आफूले विशेष पहल गर्ने बोगटीको भनाई छ । बोगटीसँगै कलाकार लय संग्रौलाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment