Comments Add Comment

ऋतिकको पनि ट्वीटरमा करोड फ्यान

Reetik

मुम्बई । अमिताभ बच्चन, शाहरुख खान र सलमान खानपछि अभिनेता ऋतिक रोशनको पनि सोसल नेटवर्किङ साइट ट्वीटरमा प्रशंसकको संख्या एक करोड पुगेको छ ।

४१ वर्षीय यी अभिनेताले आफुलाई मन पराउनेको संख्या एक करोड पुगेको उपलक्ष्यमा धन्यवाद दिएका छन् । उनले लेखेका छन् ‘मैले एक करोडको आँकडा पार गरें, यो कति राम्रो कुरा । तपाईहरु सबैलाई धन्यवाद । तपाईहरु सबै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ ।’

‘कहोना प्यार है’ वाट रजतपटमा प्रवेश गरेका ऋतिकले कोई मिल गया, जोधा अकबर, कृष लगायतका फिल्ममा काम गरेका छन् । उनले अभिनय गरेका प्राय फिल्म सफल भएको छ ।

पछिल्लो पटक आशुतोष गोवारीकरको महत्वकाँक्षी फिल्म ‘मोहनजोदडो’ को सुटिङमा ब्यस्त ऋतिकले यस फिल्ममा नयाँ नायिका पूजा हेजसंग अनस्त्रिmन रोमान्स गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment