Comments Add Comment

अनेरास्ववियुको महाधिवेशन असोजमा गर्ने निर्णय

१५ असार,काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशन आगामी असोज महिनामा गर्ने निर्णय भएको छ । अखिलको स्थायी कमिटी बैठकले असोज महिनाभित्रै महाधिवेशन गरिसक्ने निर्णय लिएको महासचिव नविना लामाले बताइन् ।
akhilमहाधिवेशनको मिति र स्थान भने राष्ट्रिय भेलापछि तय हुनेछ । राष्ट्रिय कार्यकर्ता भेला साउन २९ र ३० मा काठमाडौंमा आयोजना हुने अखिल प्रचार बिभाग प्रमुख अशेष घिमिरेले बताए ।

स्थायी कमिटीले त्यसअघिनै विवादित कमिटीहरुको टुंगो लगाउन सम्बद्ध कमिटीहरुलाई निर्देशन दिएको छ । साउन २५ गते भित्र विवादित र समानान्तर कमिटीहरुको विवाद टुंगो नलागे ती कमिटीले भेलामा सहभागी हुन नपाउने महासचिव लामाले बताइन् ।

त्यस्तै समयभित्रै भेला र सम्मेलन नगर्ने तथा निष्त्रिmय भएका कमिटीहरुले पनि सम्मेलन र महाधिवेशनमा भाग लिन पाउने छैनन् । अखिल अध्यक्ष किशोर विक्रम मल्लको अध्यक्षतामा बसेको बैठकले अवधि पुगेका कमिटीको गठन पुनर्गठन तथा सम्मेलन गरिसक्नुपर्ने निर्णय लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment