Comments Add Comment

धान रोप्न हिँडेका वामदेव हिलै नटेकी फर्किए (फोटोकथा)

ropai At Dharmasthali  (18)

कविन अधिकारी

१५ असार, काठमाडौं । अखिल नेपाल किसान संघका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले मंगलबार बिहान साढे १० बजे धर्मस्थलीमा धान रोप्ने कार्यक्रम थियो ।

निर्धारित समयभन्दा झण्डै डेढघन्टा ढिलो मन्त्री गौतम तामझामका साथ सुरक्षा दस्तापछि लाएर रोपाइँस्थलमा पुगेका थिए । मन्त्री धान रोप्न आउने भनेपछि रोपाहारहरुले मेलामा दुईघण्टासम्म पर्खिए । गृहमन्त्रीले धान रोपेको फोटो र भिडियो खिच्न पहिल्यै दर्जनौं संख्यामा सञ्चारकर्मीहरु तम्तयार थिए ।

Bamev Gautam
विगतमा बामदेव गौतम यसरी रोपाइमा सहभागी हुन्थे । तस्वीरः फलानो

आयोजक अखिल नेपाल किसान संघका कार्यालय सचिव डीबी कार्कीले पठाएको निम्तोमा गृहमन्त्रीले ‘सांकेतिक रुपमा धान रोप्ने’ उल्लेख थियो ।

तर, अघिल्लो वर्ष हिलोमै लडिबुडी गरेर रोपाई उत्सव मनाएका मन्त्री गौतम यसपालि भने हिलोमै पसेनन् । उनले डिलमै उभिएर असारे किसानहरुलाई भाषण सुनाए ।

सोही कार्यक्रममा पुगेकी उर्जामन्त्री राधा ज्ञवालीले भने केहीबेर हिलोमा पसेर सांकेतिक रुपमा धान रोपिन् ।

मन्त्री गौतम भने आयोजक नेपाल किसान संघका कार्यकर्ताको हातबाट दुबोको माला पहिरिएर केहीबेर भाषण गरे । अनि दलबलका साथ सिंहदरबार फर्किए ।

भाषणमा उनले भने, ‘निकट भविष्यमै हाम्रो पार्टीको नेतृत्वमा गठन हुने सरकारले किसानको पेशागत हितका लागि ठोस पहल गर्नेछ ।’

उर्जामन्त्री राधा ज्ञवालीले भने हिलोमा पसेर धान रापिन् ।
कार्यकममा सहभागी उर्जामन्त्री राधा ज्ञवालीले भने हिलोमा पसेर धान रोपिन् ।

ropai At Dharmasthali  (2) ropai At Dharmasthali  (7) ropai At Dharmasthali  (8) ropai At Dharmasthali  (10) ropai At Dharmasthali  (11) ropai At Dharmasthali  (12) ropai At Dharmasthali  (20)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment