Comments Add Comment

रोपाइँले भुलायो भूकम्पको पीडा (फोटो फिचर)

Ropai Ashar 15 (19)

विकास श्रेष्ठ

१५ असार, काठमाडौं । झण्डै ९ हजार नेपालीको ज्यान लिने गरी वैशाख १२ मा आएको विनाशकारी भूकम्पको पराकम्प अझै रोकिएको छैन ।

मंगलबार विहानै ३ बजेर ३१ मिनेटमा धेरैलाई पराकम्पले ब्यूँझायो । काभ्रेलाई केन्द्र विन्दु बनाएर गएको ४.४ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

तर, एकाबिहानै भूकम्पको त्रास भुलेर किसानहरु खेतमा पुगे र रोपाइँ गरिरहेका छन् । असार १५ मा रोपाइँ गर्ने र दही चिउरा खाने गरिन्छ । सरकारले असार १५ लाई धान दिवस घोषणा गरेको छ ।

Ropai Ashar 15 (5)

मंगलबार दिउँसो काठमाडौंको जितपुरफेदी तीनपिप्ले पुग्दा किसानहरु रोपाइँँमा व्यस्त थिए । भूकम्पका सबै पीडा बिर्सिएर उनीहरु हाँसीखुसी धान रोपिरहेका थिए । उनीहरुले असार गीत पनि गाएका थिए ।

तीनपिप्लेमा पानी पर्याप्त नभए पनि सानो खोल्सोबाट खेतसम्म पानी पुर्‍याइएको थियो । रोपाहार र बाउसेहरु हिलो छ्यापाछ्याप गर्दै रोपाइँ गरिरहेका थिए ।

रोपाइँका केही दृश्यहरु

Ropai Ashar 15 (3) Ropai Ashar 15 (4) Ropai Ashar 15 (12) Ropai Ashar 15 (13) Ropai Ashar 15 (15) Ropai Ashar 15 (16) Ropai Ashar 15 (17) Ropai Ashar 15 (18) Ropai Ashar 15 (20) Ropai Ashar 15 (22) Ropai Ashar 15 (25) Ropai Ashar 15 (26)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment