Comments Add Comment

रानाबारी हत्याकाण्डका अभियुक्त समाप्ने प्रहरी अधिकारी पुरस्कृत

Cib Samman

  • तस्वीरः पत्रकार कमल परियारको फेसबुक पेजबाट

१८ असार, काठमाडौं । सरकारले रानाबारी हत्याकाण्डबारे अनुसन्धान गरी अभियुक्त प्रक्राउ गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका चार अधिकृतलाई सम्मान गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सीआईबी प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरी, डीएसपी भीम दाहाल, इन्स्पेक्टर महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई सम्मान गरेको हो ।

संयोग नै मान्नुपर्छ, सफल अनुसन्धानका लागि सम्मानित भएको दिन शुक्रबार नै डीआईजी ठकुरीको जन्मदिन शुक्रबार नै थियो । सम्मानले काम गर्ने प्रत्साहन दिने उनले बताए । अनलाइनखबरसँग कुरा गर्दै मल्लले भने-‘यो भनेको रिकग्नेसन हो । यसले हामीलाई मात्र होइन अरुलाई काम गर्न पनि प्रोत्साहन गर्छ ।’

मन्त्रिपरिषद्को जेठ ३१ गते रानीबारी हत्याकाण्डका अभियुक्त समाप्ने प्रहरी अधिकारीहरुलाई सम्मान गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार ठकुरीलाई नगद ३० हजार, दहाललाई २५ हजार र बस्नेत र अधिकारीलाई २२/२२ हजार प्रदान गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले रानीबारी हत्याकाण्डको १२ वर्षपछि अभियुक्तहरुलाई पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस्

रानीबारी काण्ड : घरबेटी मार्न खोज्दा डेरावालको हत्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment