Comments Add Comment

जागिरको अन्तरवार्ता-गोहीलाई चुम्बन !

candidate kiss 1

आखिर जागिर खानेहरुका लागि यस्ता अनौठा तथा कठीन शर्तहरु चीनमै हुन्छन् की क्या हो ? चीनको ग्वांगडोङ प्रान्तको जेेंगझु प्रान्तमा आयोजित जागिर मेलामा एउटा कम्पनीले व्यापार कार्यकारी जागिर खान चाहने उमेद्वारका लागि निकै खतरनाक अन्तरवार्ता लिएको छ ।

यो अनौठो अन्तरवार्ताको पहिलो चरण साँच्चीकै प्राणघातक नै लाग्थ्यो । कम्पनीको नियम अनुसार जागिरका लागि अन्तरवार्ता दिन आएका महिला उमेद्धारहरु सुन्दर तथा बुद्धिमान हुनुका साथै गोहीसँग चुम्बन गर्नसक्ने पनि हुनुपथ्र्यो । कम्पनीका अधिकारीहरुका अनुसार हुनेवाला कार्यकारीद्वारा आफ्नो हाकिमप्रति बहादुरी देखाउन सक्छ की सक्दैन भन्ने कुरा जाँच गर्नका लागि त्यस्तो परीक्षा लिइएको हो ।

बिक्रि कार्यकारीको जागिरका लागि अन्तरवार्ता दिन आएका युवतीहरुलाई गोहीसँग चुम्बन गराउने उक्त कम्पनीले वास्तवमा गोहीबाटै बनेका हेल्थ केयर प्रडक्टहरु बेच्ने गर्छ । कम्पनीले आफ्नो कम्पनीको ब्राण्डिङका लागि यस्तो अनौठो परीक्षाको आयोजना गरेको बताइएको छ ।

candidate kiss 2

कम्पनीले ९ जना बिक्रि कार्यकारीका लागि विज्ञापन गरेको थियो । कम्पनीले नौ जना नै महिला उमेद्वार खोजेको थियो ।

यो परीक्षामा उत्तीर्ण भएर कम्पनीमा जागिर खानु आफैमा खतरनाक र अनौठो त थियो नै उत्तिकै लोभलाग्दो पनि थियो । गोहीलाई चुम्बन गर्ने चरण उत्तीर्ण गरेर दोश्रो चरणको अन्तरवार्तामा सामेल हुने उमेद्वारलाई ठाउँ का ठाउँ १ हजार युआन पुरस्कार दिने घोषणा पनि कम्पनीले गरेको थियो ।

जाबो जागिर र पुरस्कारका लागि खतरनाक गोहीलाई कसले चुम्बन गर्ला ? चुम्बन गर्न नजिक जानासाथ गोहीले आफ्ना कडा दाह्रा गाडेर स्वात्तै निलिहाल्यो भने के गर्ने ? तर सहभागीहरुले त्यसको चिन्ता लिनुपर्ने कारण थिएन । किनकी गोहीको मुख बाँधिएकेा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment