Comments Add Comment

सुनामीमा बाँचेका ‘रोनाल्डोका धर्मपुत्र’ बने फुटबलर

Martunis-1

इण्डोनेसियामा जब सुनामी आयो, ८ वर्षका मार्टिनेस बान्डा आचे तटमा फुटबल खेलिरहेका थिए ।

२००४ को सुनामीका कारण दुई लाख ३० हजारले ज्यान गुमाए । मार्टिनेसको परिवारसँग विछोड भयो । तर, उनी सुख्खा चाउचाउ खाएर बाँचे । उनले तीन सातापछि मात्र पितालाई भेटे ।

पोर्चुगल टीमको टिसर्ट लगाएका बच्चाको तस्वीर देखेपछि क्रिष्टियानो रोनाल्डो आफैं उनलाई भेट्न पुगे । मार्टिनेस आफूलाई रोनाल्डोको धर्मपुत्र मान्छन् ।

Martunis-with-Ronaldo

अहिले उनी १७ वर्षका भए र स्पोर्टिङ लिस्बेन एकेडेमीको सदस्य बनेका छन् । रोनाल्डोले पनि लिस्बेनबाट आफ्नो करियर सुर गरेका थिए ।

रोनाल्डोले मार्टिनेसको शिक्षाको खर्च व्यहोरेका छन् भने पोर्चुगल फुटबल टीमले उनको परिवारको घर फेरि बनाउन सहयोग गरेको छ । मार्टिनेसले २००५ मा पोर्चुगल टीमसँग भेट्ने मौका पाए ।

Martunis

व्यवसायिक फुटबलर बनेर पोर्चुगल र पोर्चुगलको राष्ट्रिय टीमबाट खेल्ने उनको लक्ष्य छ । लिस्बेन एकेडेमीको सदस्य बनेपछि उनले भने-मेरो सपना साकार गर्ने मौका दिएकोमा म सबैलाई धन्यवाद दिन्छु ।’

Martunis-4

क्लबका अध्यक्ष ब्रूनो डि कार्वाल्होले मार्टिनेस अब एकेडेमीमै रहने बताएका छन् । उनले भने-‘मानिसहरुलाई आफ्नो सपना साकार पार्न महत गर्नु र आत्मसम्मानका साथ बाँचने मौका दिनु स्पोर्टिङ लिस्बेन एकेेडेमीको उद्देश्य हो ।’

यसरी बाँचेका थिए मार्टिनेस

सुनामीमा परेर उनी र उनका पिता मात्र बाँचे । परिवारका अन्य सदस्यको निधन भयो । उनले आमा र दुई दाजुभाइ सुनामीमा गुमाए ।

मार्टिनेसले उनका पितालाई समेत सुनामी आएको तीन सातापछि मात्र भेटेका थिए ।

उनले भने-पहिला म स्कुलको कुर्सीमा चढेँ । तर, जब त्यो पनि डुब्यो, म एक म्याटरेसमाथि चढेँ । जब त्यो पनि डुक्न लाग्यो म एक रुखमा झुण्डिँए, जुन बाढीमा बगिरहेको थियो । रुखले मलाई समुन्द्रको किनारसम्म ल्यायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment