Comments Add Comment

राष्ट्रपति र असन्तुष्ट मधेसवादी नेतासँग प्रचण्डको भेट

७ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र संविधानको मस्यौदाप्रति असन्तुष्ट मधेस केन्द्रीत दलका नेताहरुसँग परामर्श गरेका छन् ।

Rambaran & Prachandaदिनभर असन्तुष्ट मधेस केन्द्रीत दलका नेताहरुसँग छलफल गरेका प्रचण्ड साँझ राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न शीतल निवास पुगेका थिए ।

भेटमा प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउनका साथै संविधान निर्माणबारे छलफल गरेका छन् । राष्ट्रपति डा. यादवले मस्यौदामा सुझाव संकलनमा जनताको सहभागिता उत्साहजनक भएको भन्दै जनभावना सम्बोधन गरेर अघि बढ्न सुझाव दिएका छन् ।

जवाफमा प्रचण्डले आफूले प्रधानमन्त्री, एमाले अध्यक्षदेखि असन्तुष्ट दलका नेतहरुसँग सम्वाद सुरु गरिरहेको बताएको उनका स्वकीय सचिव चुडामणी खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

स्रोतका अनुसार प्रचण्ड तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका राजेन्द्र महतो, अनिल झासँग छुट्टा छुट्टै भेट गरेका थिए । तमसपाका अध्यक्ष महेन्द्र यादवसँग भने फोनमा वार्ता भएको थियो ।

मधेसी नेताहरुसँगको भेटमा प्रचण्डले संविधान निर्माणलाई कसरी अघि बढाउने भन्दै सुझाव मागेका थिए । भेटबारे अनलाइनखबरसँग कुरा गर्दै महतो भने-‘मैले तपाईले सबै बिगार्नु भो र कसरी बन्छ भन्ने पनि तपाईलाई थाहै छ भनेको छु ।’

३० दलले उठाएको एजेण्डामा कायमै रहेको भन्दै महतोले सीमांकन विनाको प्रदेश र नागरिकता लगायतका विषयमा अन्तरिम संविधानभन्दा पछाडि फर्किएको मस्यौदा मान्य नहुने बताएको बताएका छन् ।

जवाफमा प्रचण्डले आफूले संविधान बनोस् भनेर सहमति गरेको तर, विगतमा भएको सहमति र अन्तरिम संविधानबाट पछि हट्न नसक्ने बताएका छन् । उनले जनताले समेत प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भनेकाले अब त्यही अनुसार अघि बढ्न चार दलमा प्रस्ताव राख्ने बताएको महताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment