Comments Add Comment

नेपालको साइबर सुरक्षामा सुवेदीलाई विद्यावारिधि

वासिंगटन डीसी । नेपाली इन्जिनियर रामहरि सुबेदीले नेपालमा साईबर सुरक्षामा अमेरिकाको विश्व विद्यालयबाट विधावारिधि प्राप्त गरेका छन् । अमेरिका म्यारिल्यान्डको भूगर्भ प्रक्षेपण केन्द्र नासामा बिगत ७ बर्षदेखि कम्प्युटर सुरक्षा बिभागमा सिष्टम इन्जिनियरको रुपमा कार्यरत थिए ।

अमेरिकास्थित नर्थसेन्ट्रल युनिभर्सिटी फेनिक्स एरिजोना अमेरिकाबाट सुवेदीले सुबेदीले विधावारिधि गरेका हुन् । साईबर सुरक्षा विषयमा आफ्नो अनुसन्धानमा उल्लेख गर्न सफल सुवेदी पहिलो ब्यक्ति हुन् ।

ramhari subediमानव विकासका लागि कम्प्युटर अहिलेको समयमा एक अभिन्न अंग भइसकेको भएता पनि कतिपय अवस्थामा प्रयोगकर्ताबीच असमझदारी तथा ज्ञानको कमिका कारण अनलाइन तथा इन्टरनेटमा सूचनाको सुरक्षा संबेदनशील भैसकेकाले आफूले यस विषयमा अनुसन्धान गरेको जानकारी डा. सुवेदीले दिए ।

नेपालको सन्दर्भमा, समाचार, आलेख तथा प्रतिवेदनहरु चोरी भएको समाचार बारम्बार प्रकाशमा आइरहे पनि यसलाई पूर्ण रुपमा निस्तेज पार्न सरकारको टाउको दुखाइ भएको आफूले गरेको अनुसन्धानका पाएको सुवेदीले बताए । बढ्दो साइबर अपराध, यसबाट हुन सक्ने हानी तथा नोक्सानी नेपाल प्रहरीका लागि चुनौती सावित भएको डा. सुवेदीको ठम्याई छ ।

सोधपत्रको क्रममा नेपालमा साइबर सुरक्षा सम्बन्धी नियम कानूनहरु यथेस्ट लागू गर्न नसकिएको करिव ६७ प्रतिशत विज्ञहरुले धारणा राखेको जनाएका छन् । यसैका कारण नेपालमा साइबर अपराध नियन्त्रणमा कठिनाई भोग्नुपरेका डा. सुवेदीले आˆनो सोधपत्रमा उल्लेख गरेका छन् । कसैलाई साइबर अपराध अन्तर्गत कार्यवाही अगाडी बढाईए पनि कानूनको अभावमा उसले सहजै उनमुक्ती पाउने ब्यवस्था रहेको पनि सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment