Comments Add Comment

भारत जानुअघि देउवाले भने-पन्चेश्वर आयोजनाबारे कुरा गर्छु

शेरबहादुर देउवा । फाइल तस्वीर
शेरबहादुर देउवा । फाइल तस्वीर

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारतीय नेताहरुसँग पन्चेश्वर जलविद्युत आयोजनाबारे कुरा गर्ने बताएका छन् ।

नयाँदिल्ली जानुअघि त्रिभुवन विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, ‘भ्रमणको खास एजेण्डा छैन तर मैले पहिलेदेखि नै पन्चेश्वरको पक्षमा कुरा उठाउँदै आएको छु, त्यसबारे छलफल गर्छु ।’

उनले पन्चेश्वर आयोजना सुदूरपश्चिमवासीका लागि मात्र नभइ नेपालकै हितमा भएको दाबी गरे ।

भारत सरकारको निम्तोमा आफू नयाँदिल्ली जान लागेको भन्दै देउवाले नेपालको समसामयीक राजनीतिक परिस्थितिहरुमा छलफल हुने बताए ।

‘नेपालको संविधान निर्माण प्रक्रिया अघि बढिरहेको छ त्यसबारे कुराकानी हुन्छ,’ उनले भने, ‘छलफलका सबै कुराहरु नेपाल फर्किएपछि जानकारी दिन्छु ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा श्रीमती आरजु राणासँगै नयाँदिल्ली गएका छन् । उनलाई विदाइ गर्न शिक्षामन्त्री चित्रलेखा यादव, सिचाईंमन्त्री एनपी साउद, श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ लगायतका कांग्रेस नेता- कार्यकर्ता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गएका थिए ।

एमाले वरिष्ठ नेता खनाल पनि दिल्ली प्रस्थान

यसैबीच नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल पनि बुधबार विहान अकस्मात नयाँदिल्ली गएका छन् । खनाल स्वास्थ्य उपचारको लागि दिल्ली गएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री खनालमा पिसाब सम्बन्धि समस्या छ ।

मेदान्त अस्पतालमा स्वास्थ्य जाँच गराइ खनाल शुक्रबार स्वदेश फर्किने भट्टराईले जानकारी दिए ।

गत असोजमा अमेरिकाको मेरिल्याण्डमा उपचार गराएर खनाल स्वदेश फर्किएका थिए ।

‘फलोअपका लागि अमेरिका नै जानुपर्ने भए पनि अहिले संविधान निर्माणका विषयमा छलफल जारी रहेको र अमेरिका पुगेर आउन लामो समय लाग्ने भएकाले उहाँ दिल्ली जानु भएको हो,’ स्वकीय सचिव भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment