Comments Add Comment

ओलीसँग किन झस्किए कांग्रेस शीर्ष नेता ?

Congress-CC-and-Parliamentary-Party-Meeting

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु सत्ता साझेदार दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झस्किन थालेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकमा सभासदहरुलाई संविधान निर्माणको पछिल्लो अवस्था जानकारी दिँदै कांग्रेस नेताहरुले ओलीले अप्ठ्यारो पारिरहेको संकेत गरे ।

उपसभापति रामचन्द्र पौडेलले भने-‘केपी ओली अचेल यु टर्न हुन थालेका छन् । धार्मिक स्वतन्त्रताको कुरामा पनि उनको ठेगान छैन, कता-कता फोन गर्छन्, त्यसपछि समस्या पर्छ ।’

एमाले र कांग्रेसबीच संविधानका धेरै विषयमा निकटता भए पनि कतिपय सवालमा ओलीले अप्ठेरो पारेको कांग्रेस नेताहरुको संकेत थियो ।

पौडेलले अहिले कांग्रेस संकटमा परेको भन्दै लोकतन्त्र संरक्षण गर्न कांग्रेस एक्लो भएको सुनाए । ‘प्रस्तावनामा वहुलवाद राख्न दिएनन्, संवैधानिक अंगका पदाधिकारीको पुनर्नियुक्तिमा पनि उनीहरु एकजुट छन्’ एमाले र एमाओवादीलाई संकेत गर्दै पौडेलले भने ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले प्रस्तावनामा धेरै कुरा परिवर्तन गर्न गाह्रो रहे पनि वहुलवाद राख्ने प्रयास भइरहेको बताए । धर्म लगायतका विषयमा पनि सहमतिको प्रयास भइरहेको भन्दै कोइरालाले सबै विवादित विषयमा सभासदको धारणा मागेका थिए ।

कांग्रेस नेताहरुले शनिबार ३ बजे सम्म शीर्ष नेता सम्मिलित विशेष समितिले जनताका सुझाव समेटेर एकीकृत प्रतिवेदन तयार पार्ने भनिए पनि त्यो नसकिएको बताए ।

सभासदहरुलाई अहिलेसम्मको प्रगति सुनाउँदै सिटौलाले प्रेस स्वतन्त्रताको अगाडि पूर्ण थप्ने र वडाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने बाहेक अन्य कुनै विषयमा सहमति नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment