Comments Add Comment

डि मारिया पेरिस सेन्ट जर्मेन जाने पक्का

Angal-Di-Maria
१८ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडका विंगर एन्जल डि मारिया पेरिस सेन्ट जर्मेन जाने भएका छन् ।

२४ घन्टाभित्र उनको मेडिकल हुनेछ । २७ वर्षे अर्जेन्टिनी ४४.५ मिलियनमा फ्रान्स च्याम्पियन पेरिस सेन्ट जर्मेन गएको बताइएको छ । उनले चार वर्षे सम्झौतामा सहमति जनाएका छन् ।

अर्जेन्टिनाबाट कोपा अमेरिका खेलेका डि मारिया युनाइटेडको प्रि सिजन टुरमा समेत सहभागी भएका थिएनन् ।

उनी बेलायतको कीर्तिमानी ५९.७ मिलियनमा गत सिजन मात्र रियल मड्रिडबाट वर्ल्ड ट्राफड आएका थिए । सुरुवात चार खेलमा एक गोल र तीन गोलका लागि पास मिलाएका उनले त्यसपछि आफ्नो लय गुमाए ।

त्यसपछि उनले मात्र एक खेलमा पहिलो मिनेटबाटै खेल्ने मौका पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment