Comments Add Comment

लिपुलेक, कालापानी र सुस्ता हाम्रै हो : देउवा

Ser-bdr-Deuba

१८ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लिपुलेक, कालापानी र सुस्ता नेपालकै भएको बताएका छन् ।

साताव्यापी भारत भ्रमणबाट सोमबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले भारत भ्रमणमा लिपुलेक, कालापानी र सुस्ता नेपालकै हो भनेर स्पष्ट पारेको दाबी गरे । सुगौली सन्धिले नेपाल–भारतको सिमाना कालीको सिमाना मानेको र लिपुलेकबाटै कालीको सिमाना सुरु भएकाले यसलाई त्रिदेशीय बिन्दुका रुपमा मानिएको उनले बताए ।

आफ्नो भारत भ्रमण समग्रमा सन्तोषजनक रहेको नेता देउवाले सुनाए । भारतीय नेताहरुले नेपालमा सबैलाई मिलाएर संविधान छिटो बनोस् भन्ने भावना व्यक्त गरेको भन्दै नेता देउवाले भने, प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमतिलाई भारतले राम्रो मानेको छ, तर विरोधमा देखिएकाले केही दललाई भरसक मिलाउनुस् भन्ने सुझाव दिएको छ ।”

भारतीय नेताले भोलिका दिनमा कुनै पनि विवाद नहोस् भनेर अधिकतम सहमतिका लागि प्रयास गर्न सुझाव दिएको नेता देउवाले बताए । भारतले सीमाङ्कनसहित संविधान आउनुपर्छ भनेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले भने, भारतले नेपालको मामलामा यस्तो गर उस्तो गर भन्दैन तर सबैलाई मिलाउँदा राम्रो हुन्छ भनेको मात्र हो ।’

भारत भ्रमणका क्रममा नेता देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस जयशङ्करलगायत नेतासँग भेटवार्ता गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment