Comments Add Comment

बन्दले बर्दियाको जनजीवन प्रभावित

१९ साउन, गुलरिया । बन्दले हिन्दु धर्मका समर्थकहरुले मंगलबार आह्वान गरेको बर्दिया जिल्ला बन्दले जनजीवन प्रभावित भएको छ ।

हिन्दु धर्म संरक्षण संघर्ष समितिलगायत विभिन्न धार्मिक संघ संगठनले बन्द आह्वान गरेका हुन् । उनीहरुले नयाँ संविधानमा नेपाललाई हिन्दु राष्ट्र उल्लेख गर्नुपर्ने माग राखेका छन् ।

बन्दका कारण विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने बजार, उद्योग, कलकारखाना, शिक्षण संस्था पनि ठप्प छन् ।

हिन्दुधर्म संरक्षण संघर्ष समिति, नेपाल शिवसेना, विश्व हिन्दु महासंघलगायतले बन्दको समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment