Comments Add Comment

चितवनमा बन्दकर्तासँग झडप, प्रहरी निरीक्षक घाइते

Banda-ko-Pratikar-at-Chitwa

राजेन्द्र आचार्य

१३ भदौ, चितवन । चितवनमा थारु कल्याणकारिणी सभाको बन्द विरुद्ध स्थानीयले प्रतिकार गरेपछि झडप भएको छ । झडपमा प्रहरी निरीक्षण सत्यनारायण थापा घाइते भएका छन् ।

प्रतिकारमा उत्रिएका स्थानीय ब्यवसायीहरुको समूहले पुलचोकमा बन्द गराउन बसेका थारु कल्याणकारिणी सभाका कार्यकर्ताहरुलाई तितर वितर पारी उनीहरुले बोकेको झण्डा खोसेर फालिदिएका थिए ।

त्यसपछि दुबै पक्षबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । सो क्रममा प्रहरी र बन्दकर्ताबीच केहीबेर ढुंगा हानाहान भएको थियो ।

ढुंगा लागेर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सत्यनारायण थापाको दायाँ हातको कुहिनामा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

Police

बन्दकर्ताले अराजक गतिविधि गरी पसल तथा सटरमा भाटा हान्दै हिँड्न थालेपछि प्रतिकारमा उत्रिएको स्थानीय व्यवसायीहरुले बताए । अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

सवारी साधन समेत सञ्चालन

बन्दको प्रतिकारमा उत्रिएको समूहले सवारी साधन समेत सञ्चालन गराएको छ । नवलपरासीको गैंडाकोटमा रोकिएका सवारी साधनहरुलाई उनीहरुले गन्तब्यसम्म पठाएका छन् ।

बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ । चितवनका थारु समुदायहरुले चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा थारुहरुसाग भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment