Comments Add Comment

१२ दिनपछि घैंटेको पोस्टमार्टम

१५ भदौ, काठमाडौं । प्रहरी मुठभेडमा मारिएका डन कुमार घैँटे भनिने कुमार श्रेष्ठको १२ दिनपछि सोमबार पोस्टमार्टम गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूको रोहवरमा त्रिवि शिक्षण अस्पतालमा घैँटेको पोस्टमार्टम गरिएको हो ।

Kumar-Ghaiteडा. हरिहर वस्ती नेतृत्वको चिकित्सक टोलीले घैँटेको शवको पोस्टमार्टम गरेको थियो । पोस्टमार्टममा छातीमा गोली लागेर मृत्यु भएको उल्लेख छ । तर, कति गोली लाग्यो भन्ने प्रस्ट नभएको नयाँ पत्रिकामा खबर छ ।

‘६ वटाभन्दा धेरै गोली लागेको छ,’ डा. वस्तीले भने, ‘ठ्याक्कै कति वटा लागेको हो भन्ने विश्लेषण हुनै बाँकी छ ।’ कति टाढाबाट गोली हानिएको भन्ने पनि प्रस्ट भएको छैन । एक मिटरभन्दा टाढाको दूरीबाट गोली लाग्दा दूरी प्रस्ट नहुने डा. वस्तीले बताए ।

पोस्टमार्टममा राष्ट्रिय मानवअधिकार आयोगका तीन अधिकृत उपस्थित थिए । कांग्रेसका सभासद् तथा घैँटेका आफन्तले योजनाबद्ध रूपमा प्रहरीले उनको हत्या गरेको भन्दै छानबिनका लागि आयोगमा उजुरी गरेका थिए । सोही आधारमा आयोगकै पदाधिकारीको रोहवरमा सोमबार पोस्टमार्टम गरिएको हो ।

कपुरधारास्थित आफ्नै घरअगाडि ३ भदौमा प्रहरीसँगको मुठभेडमा घैँटेको मृत्यु भएको थियो । महानगरीय अपराध महाशाखाको टोलीले हानेको गोली लागी उनको मृत्यु भएको हो । चेकजाँच गर्न खोज्दा प्रहरीमाथि नै गोली हानेपछि प्रतिकार गर्दा घैँटेको मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनामा घैँटेका दुई सहयोगीलाई समेत गोली लागेको थियो । उनीहरूको उपचार भइरहेको छ । घटना हुनु एक महिनाअघि नै घैँटेले आफूलाई प्रहरीले गोली हान्न खोजेको भन्दै मानवअधिकार आयोगमा उजुरी दिएका थिए । उजुरी दिँदादिँदै उनलाई प्रहरीले नियोजित रूपमा हत्या गरेको कांग्रेसका सभासद्हरू जगदीश्वरनरसिंह केसी, भीमसेनदास प्रधान, धनराज गुरुङलगायतले छानबिनका लागि दबाब दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment