Comments Add Comment

अर्ब बढी कमाउने बैंककै सेयर आम्दानी घट्यो

१५ भदौ, काठमाडौं । ०७१ असार मसान्तको तुलनामा ०७२ असार मसान्तमा नेपाल इन्भेष्टमेन्ट बैंकले ३ करोड रुपैयाँ बढी खुद नाफा कमायो । नियामक र बजारको तीब्र चाप हुँदाहुँदै थोरै भएपनि नाफा बढाउन सफल भएकोमा बैंकका सीइओदेखि लगानीकर्तासम्म खुसी भए । सेयर बजारमा त्यसको प्रभाव पनि देखियो ।

तर, बैंकले वास्तविक नाफा भने कमाउन सकेन । बैंकले वास्तविक नाफा कमाएको छ कि छैन भनेर प्रतिसेयर आम्दानीले मापन गर्छ । बैंकको नाफा १ अर्ब ९३ करोडबाट ३ करोडले बढेर १ अर्ब ९६ करोड त पुग्यो । तर, अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको एक कित्ता सेयरले १२ प्रतिशत कम आम्दानी गर्‍यो । ०७१ असार मसान्तमा ४७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी ०७२ असार मसान्तमा ४१ रुपैयाँ मात्रै रहृयो ।

Bank on lossत्यस्तै, अघिल्लो वर्षको तुलनामा एभरेष्ट बैंकले पनि ३ करोड रुपैयाँ बढी अर्थात १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमायो । तर, यो बैंकको प्रतिसेयर आम्दानी पनि ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ८६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष ७८ रुपैयाँ मात्रै भएको छ ।

त्यसैगरी, अघिल्लो वर्ष वर्षकोभन्दा १४ करोड बढी अर्थात १ अर्ब ६ करोड रुपैयाँ नाफा कमायो । तर, यो बैंकको प्रतिसेयर आम्दानी स्थिर रहेको छ । दुबै वर्ष यो प्रतिसेयर आम्दानी ३४ रुपैयाँ रहृयो ।

त्यस्तै, अघिल्लो वर्षकोभन्दा १० करोड रुपैयाँ बढी अर्थात १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको ग्लोबल आइएमइ बैंकको प्रतिसेयर आम्दानी पनि १९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष २० रुपैयाँमा झरेको छ ।

अघिल्लो वर्ष २ अर्ब ३२ करोड कमाएको नविल बैंकले गत वर्ष २ अर्ब १० करोड मात्रै कमायो । अघिल्लो वर्षको तुलनामा बैंकको प्रतिसेयर आम्दानी ५७ प्रतिशतले घट्यो । अघिल्लो वर्ष ८४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष भने ५७ रुपैयाँ मात्रै रहृयो ।

अघिल्लो वर्ष १ अर्ब ३३ करोड कमाएको बैंकले गत वर्ष १ अर्ब २९ करोड रुपैयाँ मात्रै कमायो । तर, बैंकको प्रतिसेयर आम्दानी भने १४ प्रतिशत अर्थात १० रुपैयाँले घटेर ५७ रुपैयाँमा सीमित रहृयो ।

त्यस्तै, अघिल्लो वर्ष ९५ करोड रुपैयाँ कमाएको हिमालयन बैंकले गत वर्ष १ अर्ब ९ करोड रुपैयाँ नाफा कमायो । तर, बैंकको प्रतिसेयर आम्दानी भने १३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष ३२ रुपैयाँमा खुम्चियो ।

तर, सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रतिसेयर आम्दानी भने २३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ३५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष ८ रुपैयाँले बढेर ४३ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षकोभन्दा ३७ करोड बढाएर गत वर्ष १ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

समग्रमा अघिल्लो वर्षकोभन्दा बैंकहरुको नाफा बढेपनि लगानीको अनुपातमा बैंकहरुको नाफा घटेको हो । अघिल्लो वर्षको नाफाबाट बोनस सेयर दिएर चुक्ता पुँजी बढाएपछि बैंकहरुले वास्तविक नाफा घटेको हो ।

प्रतिसेयर आम्दानी घटेसँगै बैंकहरुको लाभांस दिने हैसियत समेत कम भएको र त्यसको असर सेयर मूल्यमा पर्ने सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन् । ‘अहिले प्रतिसेयर आम्दानी हेर्दै नहेरी धेरै कमाउने बैंकको सेयरमा हृवारहृवारती लगानी गरिएको छ । जसले मूल्य बढाएको छ ।’ उनले भने ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले आगामी दुई वर्षभित्र वाणिज्य बैंकहरुले न्यूनतम चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्‍याउनै पर्ने घोषणा गरेको छ । हाल वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब छ । तर, अर्ब बढी कमाउने अधिकांस बैंकको चुक्ता पुँजी ३ अर्ब बढी छ । अघिल्लो वर्षको नाफाबाट बोनस सेयर दिएर पुँजी बढाउँदा त बैंकहरुको यो वर्षको प्रतिसेयर आम्दानी घट्यो भने ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउँदा बैंकहरुको प्रतिसेयर आम्दानी कति होला ?

हाल कृषि विकास बैंकको ९ अर्ब ६३ करोड, राष्ट्रिय वाणिज्य बैंकको ८ अर्ब ५६ करोड, नेपाल बैंकको ६ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी छ । त्यस्तै, ग्लोबल आइएमइ बैंकको ५ अर्ब १ करोड, इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ७७ करोड, नविल बैंकको ३ अर्ब ६५ करोड, हिमालयन बैंकको ३ अर्ब ३३ करोड, स्टान्डर्ड चार्टर्डको २ अर्ब २४ करोड, एसबिआइ बैंकको ३ अर्ब ५ करोड, एभरेष्ट बैंकको २ अर्ब २३ करोड रुपैयाँ चुक्ता पुँजी छ ।

अर्बभन्दा कम नापफा कमाउने बैंकहरूको पनि प्रतिसेयर अाम्दानी घटेको छ । बैंकअफ काठमाण्डू, कुमारी, लक्ष्मी, सिद्वार्थ, एनएमबी, एनसीसी र एनअाइसि एसिया बैंकको प्रतिसेयर अाम्दानी क्रमश ५३, २२, २९, १४, ७, १९ र २६ प्रतिशतले घटेको हो ।

बैंक ०७१ नाफा रु. हजारमा ०७१ प्रतिसेयर आम्दानी रु.मा ०७२ नाफा रु. हजारमा ०७२ प्रतिसेयर आम्दानी रु.मा परिवर्तन (प्रतिशतमा)
नविल बैंक २३१९६३२ ८४ २०९८६०२ ५७ -३१
इन्भेष्टमेन्ट बैंक १९३९६११ ४७ १९६४२४३ ४१ -१२
एभरेष्ट बैंक १५४९६९९ ८६ १५७४३५१ ७८ -९
स्टान्डर्ड चार्टड १३३६५८९ ६७ १२९४८२७ ५७ -१४
हिमालयन ९५९१०६ ३८ १०९५५९५ ३२ –१३
नेपाल बैंक १२३५९१९ ३१ ५२६१२३ –७४
ग्लोबल आइएमइ ९७४०३६ २४ १००५९९९ २० -१९
बीओके ४५४४४० ३३ ३३३८८९ १५ -५३
कुमारी ३४१६५३ १८ ३५२७३५ १४ -२२
लक्ष्मी ४७४५५६ २४ ४११९६८ १७ -२९
सिद्धार्थ ७००५३५ ४३ ७६३७६१ ३७ -१४
एनबी ७४२३४४ ३५ ७९२७७८ ३३ -७
एनसीसी ३९२११२ २५ ४१२६७१ २० -१९
एनआइसी एसिया ८३१५८८ ३५ ६९२४७४ २६ -२६

सम्बन्धित समाचार

स्प्रेडले घटायो ठूला बैंकको नाफा, कुन बैंकले कति कमाए ?

कुन बैंकको चुक्ता पुँजी कति ? आठ अर्ब पुर्‍याउन कति थप्नु पर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment