Comments Add Comment

बंगुरको मासुको पारखी दयाहाङ

Dayahang-Rai_Khana-and-Celebs
कलाकार दयाहाङ राई खानेकुराका खासै सौखिन होइनन् । खाना खाँदा न कहिल्यै नाकनिक गर्छन् न कहिल्यै डाइटिङ । आफूलाई मिठो लाग्ने जति सबै खानेकुुुरा पकाउन जानेको उनको अनुभव छ । ‘कलाकारसँग खाना संवाद’ स्तम्भ अन्र्तगत रहेर दयाले आफ्ना रुचीका कुरा गरेका छन् । यो स्तम्भ हरेक मंगलबार प्रकाशन हुनेछ ।

बिहान र बेलुकी के खानुहुन्छ ?
सामान्य नेपाली खाना दालभात । साग प्राय छुट्दैन । माछामासु पनि नियमित जस्तै खाइन्छ ।

मिठो लाग्ने खाने कुरा ?
नेवारी खाना विशेष मन पर्छ ।

मिठो नलाग्ने ?
म बडो सजिलो मान्छे छु । नमिठो लाग्ने त्यस्तो केही छैन । एक चोटीका लागि त जे दिए पनि खाइदिन्छु ।

मासु कत्तिको मन पर्छ ?
खसीको मासु म खान्न । हेल्थ र कल्चरका कारण पनि खान हुँदैन । पोर्क -बंगुरको मासु) असाध्यै मनपर्छ । चिकन र फिस पनि रुचाउँछु ।

कहिल्यै डाइटिङ गर्नुभएको छ ?
बिलकुलै छैन । गरेको भए यस्तो हुन्थेँ होला र ?

विदेशको खानेकुरामा के मन पर्छ ?
म सिफुडहरु खान रुचाउँछु ।

लामो समय भोकै बसेको घटना याद छ ?
२४ घन्टासम्म भोकै बसेको छु । द्वन्द्वकालमा साथीभाइसित भोजपुरबाट धरान आउने क्रममा दुई दिन हिँड्नुपरेको थियो । बाटोमा बास त पायौं तर खान पाएनौं ।

तपाईंलाई के-के पकाउन आउछ ?
आफ्नो टेस्टको जे पनि पकाउन सक्छु । तर मैले खाना पकाउँदा किचनमा ‘पिस’ हुनुपर्छ । अरु आएर सघाएको मन पर्दैन ।

कसले पकाएको मिठो लाग्छ ?
आफ्नै बुढीले । अरु कस्ले ?

खानामा परिवारको मासिक खर्च कति हुन्छ ?
हिसाबै पो गरिएको छैन त ।

खाना खान कतिबेर लाग्छ ?
५ देखि १० मिनेटमात्र । ठाउँ र समय हेरेर हुन्छ ।

ससुरालीमा खान खाँदा कत्तिको लाज लाग्छ ?
हुन त म लजालु मान्छे नै हो । तर ससुराली जाँदा श्रीमतीसित सुरुमै सल्लाह गर्छु, के खाने भनेर । यसले सजिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment