Comments Add Comment

अब पालो रनवे मोडलको

model-1

काठमाडौं । उत्कृष्ट नेपाली मोडल उत्पादन गर्ने उदेश्यले ‘रनवे मोडल २०१५’ नामक सौदर्य प्रतियोगीता आयोजना हुने भएको छ ।

मोडलिङप्रति रुची भएका जुनसुकै समुदायका विबाहीत तथा अविवाहित १६ देखि ३५ ननाघेका महिला तथा पुरुषले प्रतियोगीतामा सहभागीता जनाउन सक्नेछन् ।

महिला तथा पुरुषको सौदर्य, प्रतिभा निखार्ने उदेश्यले कार्यक्रम गर्न लागिएको रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् । १० बर्षदेखि कोरियोग्राफी गर्दै आएकी लामिछानेले आफुले हासिल गरेको अनुभव प्रतियोगीता मार्फत प्रस्तुत गर्न लागेको बताइन् ।

अवसरको खोजीमा रहेका नेपाली महिला तथा पुरुषलाई प्रतियोगीताले उचित अवसर श्रृजना गर्ने लामिछानेको भनाई छ । प्रतियोगीताको प्रारम्भिक चरणमा २० महिला र २० पुरुष अन्तिम स्पर्धाका लागी छानिनेछन् ।

प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई अन्तराष्ट्रिय स्तरको रनवे, मोडलिङ वर्कसप, ब्यक्तित्व बिकाश, फोटो सुट लगायतका बिभिन्न दर्जन बिधामा बिजेता घोषित गरिनेछ । प्रतियोगीताका शिर्ष उपाधी बिजेताले पचास हजार नगद सहित चलचित्र एवं म्युजिक भिडियोमा अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment