Comments Add Comment

दीनानाथ शर्माले भने-मधेसको आन्दोलन औचित्यहीन

१८ भदौ, भक्तपुर । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले तराई-मधेसमा अहिले भैरहेको आन्दोलन औचित्यहीन भएको टिप्पणी गरेका छन् । उनले थारु समुदायको आन्दोलन जायज भन्दै उनीहरुले उठाएका माग सम्वोधन गर्नुपर्ने धारणा समेत राखे ।

Dinanath-Sharma

रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कारमा शर्माले भने, ‘सीमांकन र नामांकनबारे जसरी विभिन्न आन्दोलन भएका छन् त्यसमध्ये थारुहरुका जायज मागलाई सम्बोधन गर्नु पर्दछ । मधेसमा भएको आन्दोलनको भने कुनै औचित्य छैन ।’

तराईमा भएको आन्दोलनको कुनै एजेन्डा नभएकाले एजेन्डा लिएर आन्दोलन गर्नुपर्ने बताए ।

अहिले संविधानसभाबाट संविधान जारी नगर्न विभिन्न चलखेल भएको भन्दै उनले कैलालीको टीकापुर घटनामा एमाओवादीको संलग्नता भएको भनेर झूठो आरोप लगाइएको बताए ।

‘कैलाली घटनामा माओवादीका पूर्व लडाकुहरुको घुसपैठ भएको भन्ने भनाइहरु निराधार हुन्,’ उनले भने, ‘यो माओवादी पार्टीलाई आरोप मात्र लगाउने काम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment