Comments Add Comment

गौरबाट आठ पत्रकार पक्राऊ

१ असोज, गौर । तराई मधेसमा जारी आन्दोलनको समर्थनमा निषेधित क्षेत्र भित्र जुलुस निकालेका आठ पत्रकारहरुलाई रौतहट प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।

Gaur-Rautahat

पक्राउ परेका पत्रकारहरुमा नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र झा, महासंघका पार्षद प्रभात झा, किशोरी यादव, प्रविण टिबडेवाल, धर्मेन्द्र साह लगायत छन् ।

सदरमुकाम गौरको निषेधित क्षेत्र भित्र जुलुस निकालेकाले नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ ।

उनीहरुले तराई मधेसको माग सम्वोधन गर्न, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गर्दै आएका छन् ।

यसअघि तराई मधेसमा जारी आन्दोलनको समर्थनमा प्रदर्शन गरेको भन्दै पर्साको वीरगञ्जबाट पनि प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएको थियो । ति पत्रकारहरु एक दिनपछि रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment