Comments Add Comment

बजारमा खाना पकाउने ग्याँसको अभाव

फाइल तस्वीर
फाइल तस्वीर

७ असोज, काठमाडौं । तराई क्षेत्रको तनावका बेला उपभोक्ताले अनावश्यक सञ्चिती गरेपछि बजारमा खाना पकाउने ग्याँसको अभाव भएको छ ।

बन्दले आपूर्तिमा असहजता आएको समयमा अभावको डरले उपभोक्ताले बजारबाट अतिरिक्त ग्याँस सिलिन्डर उठाएपछि ग्याँसको अभाव भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले नियमित ग्याँस आपूर्ति गरिरहेपनि बजारमा ग्याँसको माग उच्च भएकाले समस्या भएको निगमका ग्याँस वितरण विभाग प्रमुख मुकुन्द घिमिरेले जानकारी दिए ।

यसअघि भारतीय सीमा नाकामा भएको कडाइ र तराइको असामनइ परिस्थितिका कारण तीन दिनकाठमाडौंमा ग्याँस बोकका बुलेट भित्रिन सकेका थिएनन् । हिजो मात्रै ६० बुलेट ग्याँस काठमाडौं भित्रिएको घिमिरेले बताए ।

‘आज पनि एकसय देखि डेढसय बुलेट ग्याँस ल्याउने हाम्रो योजना थियो,’ घिमिरेले भने, ‘मधेसी मोर्चाले नाकामा अवरोध गर्दा समस्या भएको छ ।’

पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन नेपाली र भारतीय सुरक्षा निकायसंग पनि सहकार्य भइरहेको निगमले जनाएको छ ।

‘आज राति स्थिति सामान्य भयो भने रक्सौल नाकामा आईपुगेका ट्यांकर काठमाडौं आउँछन् । त्यसपछि ग्याँसको आपूर्ति समान्य हुन्छ, घिमिरेले भने, ‘अहिले बजारमा सबै कम्पनिका ग्याँस पर्याप्त छैन । त्यसैले हामी संवेदनशील भएर पहल गरिरहेका छौं । वातावरण सहज बनाउन हाम्रा प्रतिनिधि वीरगञ्ज पुगेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment