Comments Add Comment

टोपबहादुरले भने-बाबुरामजीले ठूलो गल्ती गर्नुभो

Top-Bahadur

१६ असोज, काठमाडौं । डा.बाबुराम भट्टराईका सदाबहार सहयोगी मानिएका एमाओवादी संसदीय दलका उपेनता टोपवहादुर रायमाझीले पाटी छाडेर हिड्ने कदम गलत भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एमाओवादीका प्रस्तावित ३ र ४ नम्बर प्रदेशको संयुक्त कार्यकर्ता प्रशिक्षण भेलामा रायमाझीले बाबुरामले गल्ती गरेको बताए ।  रायमाझीले भने-‘हुन त यो उहाँको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर, उहाँले जुन निर्णय लिनुभयो त्यो ठूलो भूल हो ।’

उनले अघि भने-‘त्यो गल्तीले उहाँको राजनीतिक र व्यक्तिगत जीवनलाई नै ठूलो घाटा गर्नेछ ।

बैचारिक राजनीतिक विषयमा रहेका असहमतिहरु पार्टीभित्रै रहेर हल गर्ने बिधी र अवस्था रहेको बेलामा बाबुरामले पार्टी छाडेर बेठिक गरेको रायमाझीले कार्यकर्ताबीच बताए ।

भेलामा पार्टी अध्यक्ष प्रचण्ड, नेता नरायणकाजी श्रेष्ठ लगायत एमाओवादीका बरिष्ठ नेताहरु सहभगी रहेको अखिल क्रान्तिकरीका केन्द्रीय सचिवालय सदस्य दिपेश पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment