Comments Add Comment

सिन्केधुपमा पनि भारतकै निर्भर, ७० करोडको आयात

१७ असोज, काठमाडौ । छिमेकी मुलुक भारतले अघोषित रुपमा गरेको नाकाबन्दीले मुलुकभित्र आत्मनिर्भरताको बहस शुरु भएको छ ।
अरुका नाजायज दबाबसामु नझुक्न देश आर्थिक रुपमा स्वावलम्बी बन्नुपर्छ भन्ने आवाज चर्को हुँदै गएको छ ।

हामी अहिले कतिसम्म परनिर्भर छौं भने स्थानीय स्तरमा उत्पादन हुने स-साना वस्तु पनि विदेशबाट आयात भइरहेको नागरिक दैनिकमा खबर छ । पूजाआजामा प्रयोग हुने सिन्केधुपसमेत भारतबाट आयात हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालले गत आर्थिक वर्ष भारतबाट ७० करोड ५७ लाख रुपैयाँ बराबरको सिन्केधुप आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.८ प्रतिशतले बढी हो ।

सिन्केधुप सानो लगानीमा उत्पादन हुने वस्तु हो । सानो कोठामा थोरै जनशक्तिले यो उद्योग चलाउन सकिन्छ । सानो लगानी, सामान्य प्रविधि र थोरै जनशक्तिले उत्पादन गर्न सकिने सिन्केधुप आयातको तथ्यांकले हाम्रो सम्पूर्ण अर्थतन्त्रको परनिर्भरता झल्काउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment