+
+
Shares

निःशुल्क औषधिको पैसा निजीलाई

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते ६:५६

medicine
१९ असोज, काठमाडौं । सरकारले गत वर्ष निःशुल्क औषधि खरिदका लागि छुट्याएको करोडौं रुपैयाँ रकमान्तर गरी निजी अस्पताललाई बाँडेको पाइएको छ । सरकारले निःशुल्क औषधि खरिदका लागि छुट्याएको १२ करोड ५० लाख रुपैयाँ रकमान्तर गरी धुलिखेल अस्पताललाई बाँडेको पाइएको राजधानी दैनिकमा खबर छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयका उच्च अधिकारीहरुको मिलेमतोमा सो रकम रकमान्तर गरी धुलिखेल अस्पताललाई दिइएको हो । धुलिखेल अस्पतालले रकमान्तर गरी लगेको सो रकम केमा खर्च भयो र त्यसबाट कति नेपालीको सुविधा लिए भन्ने तथ्य कही कतै खुल्दैन ।

नेपाल सरकारबाट प्रत्येक वर्ष अनुदान पाउने सो अस्प्तालले सरकारलाई खर्च विवरणसमेत बुझाएको देखिँदैन ।

अनुदान पाउने जुनसुकै अस्पताल वा संस्थाले साउन मसान्तसम्म खर्च विवरण बुझाइसक्नुपर्छ । तर, डेढ महिना बितिसक्दा पनि मन्त्रालयमा अहिलेसम्म कुनै अस्पताल र संस्थाले विवरण बुझाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?