Comments Add Comment

लुम्बीनी बैंकले सेयरधनीलार्इ १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताब

२० असोज, काठमाडौं । लुम्बीनी बैंकले गत अार्थिक वर्षको नाफाबाट सेयरधनीलार्इ चुक्ता पुँजीको १५ प्रतिशत अर्थात साढे ३८ करोड रूपैयाँ बराबरका बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १९ गतेको सञ्चालक समितिको बैठकको यो प्रस्ताब नियामक राष्ट्र बैंक र बैंककै अागामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै वितरण गरिने छ ।

Lumbini-Bank-लुम्बिनी बैंकले गत आर्थिक वर्षमा ३४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा सवा १० करोड रुपैयाँले बढी हो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रूपैयाँ छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले अागामी २ वर्षमा ५ अर्ब ३५ करोड रूपैयाँ थप्नुपर्ने छ । बैंकले पुँजी वृद्विको मुख्य अाधार  मर्जर, बोनस सेयर र हकप्रद सेयरलार्इ बनाएको छ ।

 यो बैंकले कुनै एक वाणिज्य बैंकसँग गाभिएर २ अर्ब ३० करोड रुपैयाँ पुँजी जुटाउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । तीन वर्षको नाफाबाट २ अर्ब ५ करोड ८० लाख र हकप्रदबाट ६४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी थप्ने बैंकको योजना राष्ट्र बैंकमा बुझाएको छ ।

बैंकले गत वर्ष २० अर्ब २८ करोड निक्षेप संकलन गरी १७ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment