Comments Add Comment

८ बुँदे सर्त लिएर एमाओवादीको जम्बो टोली ओली निवासमा

Mao-leder-at-Balkot

२२ असोज, काठमाडौं । सरकार गठनबारे नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच छफफल सुरु भएको छ ।
स्थायी समिति बैठकले एमालेको नेतृत्वमा कांग्रेस सहितको सरकार गठन गर्ने पर्ने निष्कर्ष निकाले लगतै एमाओवादीको जम्बो टोली एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेको छ ।

एमाओवादीले १६ बुँदे सहमति गर्दा भद्र सहमति भन्दै एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार बनाउनु पर्नेमा जोड खिएको छ ।

एमाओवादीले सहमतिको सरकार गठनका क्रममा आफ्नो सहभागिताका लागि आठबुँदे सर्त अघि सारेको छ । यसअघि पदाधिकारी बैठकले बनाएको छबुँदे सर्तमा शान्ति प्रक्रिया र नाकाबन्दीको विषय थपिएको छ ।

माओवादीले अघि सारेको सर्तमा राष्ट्रिय स्वाधिनतालाई पहिलो बुँदेमा राखिएको छ । राष्ट्रिय सार्वभामिकता, भौगोलिक अखण्ता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहने र बैदेशिक हस्तक्षेपविरुद्ध नेपाली जनतामा निहीत सर्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको रक्षा गर्ने पहिलो बुँदामा उल्लेख छ ।

एमाओवादीले थारु, मधेसी र जनजातिसँथ वार्ता गरी अधिकमत राजनीतिक माग सम्बोधन गर्ने संविधान संशोधन गर्नु पर्ने बताएको छ । उसले भनेको छ, वार्ता, सहमति, संविधान संशोधन र परिर्माजनसहितको नयाँ संविधानप्रति धेरैभन्दा धेरै शक्ति र पक्षहरुको व्यापक स्वीकार्यताको स्थिति सृजना गरेर राष्ट्रिय एकता सुदृढ गरी संविधान कार्यान्वयनको वातावरण बनाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment