Comments Add Comment

चुरे भावर पार्टीले पनि माग्यो छुट्टै प्रदेश

Badriprasad Neupane, Presedent, Chure-Bhawar

  • बद्रि न्यौपाने

२२ असोज, काठमाडौं । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सरकारसँग विगतमा भएको सम्झौता अनुसार छुट्टै प्रदेश माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चुरे भावरले सरकारलाई विगतमा आफूहरुसँग गरेको सम्झौता स्मरण गराएको हो ।

चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रि न्यौपानेले २०६४ साल भदौ मसान्तमा भएको सम्झौताअनुसार अलग प्रदेश दिनुपर्ने बताए । ‘तत्कालीन शान्तिमन्त्री रामचन्द्र पौडेलसँग भएको वार्तामा चुरे भावरलाई छुट्टै प्रदेश दिनुपर्ने सम्झौता भएकाले त्यसको कार्यान्वयन हुनुपर्छ,’ उनले भने ।

‘सामाजिक सदभाव विथोल्न दिन्नौं’

विगतको सम्झौता पालना गराउन शान्तिपूर्ण तरिकाले सरकारलाई दबाव दिने न्यौपानेले बताए । उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले सामाजिक सदभाव विथोलिएकाले त्यसविरुद्ध चुरेभावर उत्रिने बताए ।

‘भारतको बुई चढेर सीमापारीबाट नेपालमा ढुंगा हानेर सामाजिक सदभाव विथोल्न पाइन्छ ?’ अध्यक्ष न्यौपानेले प्रश्न गर्दै भने, ‘अब हामी चुप लाग्दैनौं । त्यसको विरोधमा शान्तिपूर्ण अभियान चलाउँछौं । दशैं-तिहार जस्ता महान चाड पनि सामाजिक सदभाव कायम गर्न आह्वान गर्दै मनाउन सबैलाई आग्रह गर्दछौं ।’

भारतले नेपालको आन्तरिक मामिलामा गरेको ठाडो हस्तक्षेप निन्दनीय भएको उनले बताए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री जस्ता पदमा जाने भर्‍याङको रुपमा अंगीकृत नागरिकताको माग मधेसी मोर्चाले उठाएकाले त्यसविरुद्ध खबरदारी गर्ने अध्यक्ष न्यौपानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment