Comments Add Comment

ज्यानै जोखिममा राखेर दशैं मान्ने हतारो (फोटोकथा)

Kalanki (11)

२६ असोज, काठमाडौं । दसैं सुरु भएलगत्तै काठमाडौंबाट बाहिरिने सवारीमा यात्रुको चाप झन् बढी देखिएको छ । इन्धन अभावका कारण बस थोरै चलेपछि दशैंको यात्रा कष्टकर बनेको छ ।

इन्धन अभावकै कारण अग्रिम बुकिङ नखुलेका कारण टिकट पाउन गाह्रो छ । रातभर लाइनमा बसेर टिकट लिएकाहरु पनि सहजरुपमा यात्रा गर्न पाएका छैनन् । बसमा सिट खालि नभएपछि यात्रुहरु छतमा बसेका छन् । बस र माइक्रो बसका छत पनि यात्रुहरुले भरिभराउ छन् ।

New Buspark Kathmandu (4)भोकै, प्यासै, दिनभर, रातभर बसेर ठेलमठेल गर्दै कतिपय टिकट हात पारेका छन् । तर, त्यसरी टिकट काट्न नसक्नेहरु झोला गुन्टा बोकेर गाडी पाइहालिन्छ की भनेर यताउता भौंतारिरहेका छन् । घर जाने मन हुँदा हुँदै पनि गाडी नपाएकाहरु चिन्तित मुद्रामा टोलाएर बसीरहेका देखिन्छन् ।

पहिले-पहिले यात्रुहरुको चाप बढेपछि नियमित रुटमा चल्नेभन्दा थप बसहरु थपेर यातायात व्यवसायीहरुले सेवा दिन्थे । तर, यसपाली भारतको अघोषित नाकाबन्दीका कारण तेल नपाएपछि यातायात व्यवसायीहरुले चाहेर पनि बस थप्न सकेका छैनन् । त्यसैको मारमा यात्रुहरु परेका छन् । नयाँबसपार्क, बालाजु माछापोखरी, कलंकी लगायतका क्षेत्रमा घर जान नपाएर छटपटिएका यात्रुहरु धेरै देखिन्छन् ।

Kalanki (16)

एक समय थियो, क्षमताभन्दा धेरै यात्रु बोक्दा दुर्घटना बढेको भन्दै प्रहरीले बसको गल्ली भित्र मुढामासमेत बस्न दिँदैनथ्यो । जति सिट छन् त्यतिमात्रै यात्रु बोक्नु पर्थ्यो । तर यसपाली ठीक विपरित छ । बस र माइक्रो बसको गल्ली, छत र छतमा चढ्न उक्लिने भर्‍याङमा समेत यात्रुहरु झुण्डिएर जोखिमपूर्ण यात्रा गरिरहेका छन् । तर, प्रहरीले रोकटोक लगाएको छैन ।

इन्धन भएका गाडी धनीहरुलाई खचाखच यात्रु बोकेर यतिबेला कमाउने गतिलो मौका मिलेको छ । यात्रुहरु भने ज्यान जोखिममै राखेर भए पनि दशैंको टीका थाप्न काठमाडौंबाट आफ्नै गाउँघर जान हतारिएका छन् । वर्षको एकपटक आउने ठूलो चाडमा पारिवारिक पुनर्मिलनका खातिर अनेक दुःख झेलेर यात्रा गर्न तयार छन् राजधानीवासी । बसमा बस्ने ठाउँ नपाएकाहरू ट्रकमा झुण्डिएर यात्रा गरेको पनि देखियो ।

Kalanki (28)

तेलको अभाव भएपछि धेरै बसहरुले लामो दुरीमा बस सेवा दिन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागको प्रवक्ता बसन्त अधिकारीले तेलको उपलब्धता सहज नहुँदा यात्रु र सवारीले धेरै दुःख पाएको बताए ।

‘सोमबार दिउँसोदेखि बसमा यात्रु राखेर तेल हाल्न लाइनमा बसेका बस अहिले बिहानसम्म तेल नपाएको देखियो,’ अनुमगनमा देखिएको अवस्थाबारे जानकारी दिँदै अधिकारीले भने, ‘आज झन् निजी सवारीलाई मात्र तेल दिने भनिएको छ । यही दिनदेखि बसपार्कहरुमा यात्रुको ओइरो दखिएको छ ।’

गुनासो सुन्ने कक्ष निष्प्रभावी

विभागले सोमबारदेखि यात्रुलाई सहज गर्न भन्दै काठमाडौंमा गोंगबु, बल्खु, कोटेश्वर, गौशाला, कलंकी र रत्नपार्कमा यात्रु सहायता कक्ष पनि सञ्चालन गरेको छ । तेलको भावले यात्रुको गुनासोे सुन्ने व्यवस्था गरिएको सहायता कक्ष पनि निष्प्रभावी भएको अधिकारीले बताए ।

‘सहायता कक्षमा हाम्रा कर्मचारी, प्रहरी, यातायात व्यवसायी र उपभोक्तावादी छन् । तर, तेलको अभावले बाहिरिने यात्रु बोक्ने गाडी नै कम छन् । त्यसैकारण त्यसले उद्देश्य अनुरुप काम गर्न सकेको छैन,’ उनले भने, ‘आज आयल निगमलाई लामो दुरीका सवारीलाई सहज रुपमा तेल दिनका लागि हामीले औपचारिक आग्रह गर्दैछौं ।’

यात्रुहरूले पाएको कष्ट थप तस्वीरमा हेर्नुस्

Kalanki (18)

New Buspark Kathmandu (15) New Buspark Kathmandu (13)

Kalanki (12)
Kalanki (7) Kalanki (5)Kalanki (4)

Kalanki (19)

New Buspark Kathmandu (26) New Buspark Kathmandu (12) New Buspark Kathmandu (6) New Buspark Kathmandu (2)

तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment