+
+
Shares

चीनमा एमबीबीएस सकेका विद्यार्थी संकटमा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २० गते ६:५८

Doctor
२० कात्तिक, काठमाडौं । चीनबाट एमबीबीएस अध्ययन पूरा गरी नेपालमा ‘इन्टर्नसिप’ का लागि तयारी गरेका करिब एक हजार विद्यार्थीको भविष्य संकटमा परेको छ।

स्वास्थ्य, शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको लापरबाहीका कारण विद्यार्थीको भविष्य अन्योलपूर्ण बनेको हो।सरकारी छात्रवृत्ति, चिनियाँ दूतावासको सांस्कृतिक कोटा र निजी खर्चमा त्यहाँ पुगी अध्ययन गरेर नेपाल फर्किसकेका २१ जना र चीनमै अलपत्र परेका करिब ९ सय विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

सरकारले सन् २००८ पछि चीनमा एमबीबीएस सकेका विद्यार्थीलाई नेपालमा ‘इन्टर्नसिप’ गर्न नदिने निर्णय गरेको छ। तर नेपाल मेडिकल काउन्सिलको स्वीकृतिमा अध्ययनका लागि नेपाली विद्यार्थी धमाधम चीन पुग्ने क्रम जारी रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

नेपालमा ‘इन्टर्नसिप’ गर्न नपाइने भए पनि त्यसबारे जानकारी नदिई दलालले निजी खर्चमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि चीन पठाएका थिए।चिनियाँ दूतावासको सांस्कृतिक कोटाबाट समेत दर्जनौं संख्यामा नेपाली विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि चीन पठाउने गरिन्छ।

विदेशमा पढेका विद्यार्थीलाई नेपालमा ‘इन्टर्नसिप’ गराउन दिँदा नेपालका अस्पतालले थेग्न नसक्ने र उनीहरूको जिम्मेवार को हुने भन्ने प्रश्न उठेपछि उक्त निर्णय गरिएको शिक्षा मन्त्रालयको भनाइ छ। निर्णय कार्यान्वयनबारे शिक्षा, स्वास्थ्य, नेपाल मेडिकल काउन्सिल, चिनियाँ दूतावास, निजी क्षेत्र र स्वयं विद्यार्थीसँग समन्वय नहुँदा पाँचबर्से अध्ययन सकी नेपाल फर्किएका विद्यार्थी इन्टर्नसिपका लागि भौंतारिरहेका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?