Comments Add Comment

हाफिजको शतकसँगै इंग्ल्याण्डविरुद्ध पाकिस्तानको जित

Pakistan v England

२६ कात्तिक, काठमाडौं । मोहमद हाफिजको शतकसँगै पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ ।

अबुधावीमा भएको खेलमा इंग्ल्याण्डले २१७ रनको लक्ष्य दिएको थियो । जसलाई पाकिस्तानले ४३.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

पाकिस्तानको सुरुवात खराव थियो । उसले १५ रन जोड्दा ओपनरद्वय अजहर अली र बिलाल आसिफको विकेट गुमाइसकेको थियो ।

थप २१ रन जोड्दा युनुस खान पनि आउट भए, जतिबेला टीमको स्कोर ४१ रन थियो । तर, मोहम्मद हाफिजले शोएब मल्लिकसँग ७० रनको साझेदारी गरे । मल्लिक २६ रनमा आउट भए ।

हाफिजले बाबर आजमसँग अविजित १०६ रनको शाझेदारी गर्दै पाकिस्तानलाई जित दिलाए । हाफिज १०२ र आजम ६२ रनमा अविजित रहे । रइस टोपलीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको पनि सुरुवात खराव थियो । १४ रन जोड्दा सुरुवाति तीन विकेट गुमाइसकको थियो । ओपनर जेसन रोए र  जोए रुटले खाता खोल्न सकेनन् भने एलेक्स हल १० रनमा आउट भए ।

तर, इयान मोर्गान र जेम्स टेलरले १३३ रनको साझेदारी गर्दै पारी सम्हाले । मोर्गान ७६ रनमा आउट भए । मोर्गान र टेलरको साझेदारी टुटेपछि इंग्ल्याण्डले थप ३३ रन जोड्दा बाँकी ५ विकेट गुमाएको थियो ।

टेलर ६० रन बनाए । जोस बटलर १, मोइन अली ७, आदिल रसिद ७ र डेभिड विले १३ रनमा आउट भए । वेक्स ३३ रनमा अविजित रहे ।

पाकिस्तानका लागि मोहम्मद इर्फानले ३ तथा अनवर अली र शोएब मल्लिकले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment