Comments Add Comment

सिरियालीलाई दिइँदै आएको अन अराइभल भिसा रद्द गर्ने तयारी

TIA Airport (7)
९ मंसिर, काठमाडौं । फ्रान्समा भएको आतंकवादी हमला र सिरियामा जारी गृहयुद्धबाट प्रताडित नागरिकहरू शरणार्थीका रूपमा अन्य मुलुक जाने क्रम बढेपछि सरकारले सिरियाली नागरिकलाई दिँदै आएको आगमन प्रवेशाज्ञा (अन अराइभल भिसा) दिने प्रक्रिया रद्द गर्ने भएको छ।

एक साताअघि फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमला र सिरियामा बढेको विश्व आतंकवादी सञ्जाल आईएसले अन्यत्र गतिविधि बढाउन सक्ने सम्भावित सुरक्षा चुनौतीको आकलन गर्दै सरकारले सिरियाली नागरिकलाई दिँदै आएको अन अराइभल भिसा रद्द गर्न लागेको अन्नपूर्ण पोस्टमा खबर छ ।

गृह मन्त्रालयले सिरियाली शरणार्थीको भेषमा आतंकवादीसमेत प्रवेश गर्न सक्ने भएकाले त्यसको कडाइ गर्न सिरियालीलाई अन अराइभल भिसा नदिने तयारी गरेको हो।आईएसले सिरिया र इराकलाई आधारइलाका बनाएर आफ्नो प्रभाव फैलाउन खोजिरहेको छ।

सिरियाली नागरिकले युरोपेली मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाउन थालेपछि अध्यागमनले सिरियाली नागरिकलाई अन अराइभल भिसा दिन नहुने प्रस्ताव गृह मन्त्रालयलाई पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment