Comments Add Comment

सहमतिका लागि प्रधानमन्त्री र कांग्रेस सभापतिलाई प्रचण्डको दबाव

Sushil,-kp-And-Prachanda

१२ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले तराई मधेसमा जारी समस्या समाधानका लागि गम्भीर हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

साथै उनले प्रमुख विपक्षी दल कांग्रेसका सभापति सुशील कोइरालालाई भेटेर मधेस समस्या समाधानका लागि एक ठाउँमा आउन आग्रह गरेका छन् ।

पार्टी बैठकका लागि राजनीतिक दस्ताबेज लेख्न व्यस्त रहेका प्रचण्डले शनिबार अपराहृन प्रधानमन्त्री ओली र कांग्रेस सभापति कोइरालालाई छुट्टा-छुट्टै भेटेका थिए ।

प्रचण्ड कांग्रेस सभापति कोइरालालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका थिए । भेटमा प्रचण्डले तराई मधेस समस्या समाधानका लागि एक ठाउँमा आउन आग्रह गरेका छन् ।

जवाफमा कोइरालाले भने आफ्नो नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउन प्रस्ताव गरेका थिए ।

तर, प्रचण्डले मधेसी मोर्चासहितको सहमतिमा मात्र विधेयक अघि बढाउनु पर्ने भन्दै प्रमुख तीन दलको साझा धारणा बनाउनु पर्ने बताए ।

कोइरालालाई भेटे लगतै प्रचण्ड बालुवाटार पुगे र प्रधानमन्त्री ओलीसँथग छलफल गरेका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई तराई मधेसको आन्दोलन र भारतको नाकाबन्दी अन्त्यका लागि पहल लिन आग्रह गरेका छन् ।

उनले तत्काल तीन दलको बैठक बोलाएर साझा धारणा बनाउनेतर्फ अग्रसर हुन प्रधानमन्त्रीलाई भनेका छन् । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको बालुवाटार स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment