+
+
Shares

३२ डिपोबाट आज ९६ हजार लिटर मट्टीतेल बाडिँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते १०:२०

Kerocin Line (17)
१३ मंसिर, काठमाडौं । नेपाल आयल निगमले आइतबार काठमाडौंका विभिन्न स्थानबाट मटितेल वितरण गर्दैछ । थानकोट डिपोमा मौज्दात रहेको झण्डै दुई लाख लिटर मट्टतिेल मध्ये ९६ हजार लिटर मटितेल वितरण गर्न लागिएको हो ।

त्यसका लागि ३२ वटा डिपो तोकिएको नेपाल आयल निगमले जनाएको छ । हरेक डिपोलाई तीन हजार लिटर मटितेल वितरण गर्नेछन् ।एकजना उपभोक्ताले ५ लिटरसम्म मटितेल किन्न पाउने आयल निगमले जनाएको छ । आयल निगमले यसअघि मंसिर ४ गते पनि ९६ हजार लिटर मटितेल वितरण गरेको थियो ।

ग्यासको अभाव चर्किंदै जाँदा मौज्दात रहेको आठ लाख लिटर मटितेल पनि नबाँडेको भन्दै निगमको आलोचना भएको छ । थानकोट डिपोको वितरण अधिकार वाणिज्य मन्त्रालयले लिएपछि मटितेल वितरण भएको हो ।

मटितेल बाँड्ने आसमा विभिन्न मटितेल डिपोमा हप्ता दिनदेखि ग्यालिन लाइन राखिएका थिए ।

मटितेल बाँड्ने डिलरको विवरण (तालिकालार्इ ठूलो बनाएर हेर्न तालिकामा दुर्इपटक क्लिक गर्नुहोस् )

mattitel

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?