+

रोबर्टो डे जेर्बी टोटनहमको नयाँ मुख्य प्रशिक्षक नियुक्त

२०८२ चैत  १८ गते ०:२८ २०८२ चैत १८ गते ०:२८
रोबर्टो डे जेर्बी टोटनहमको नयाँ मुख्य प्रशिक्षक नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टोटनहम हटस्परले इटालियन प्रशिक्षक रोबर्टो डे जर्बीलाई पाँच वर्षको सम्झौतामा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
  • डे जर्बीले सिजनका बाँकी सात खेलमा टोटनहमलाई रेलिगेसनबाट जोगाउने चुनौती सामना गर्नेछन्।
  • डे जर्बीको पहिलो खेल अप्रिल १२ मा सन्डरल्यान्डविरुद्ध हुनेछ र उनले क्लबको भविष्यप्रतिको महत्वाकांक्षा पूरा गर्न यहाँ आएको बताए।

१८ चैत, काठमाडौं । टोटनहम हटस्परले इटालियन प्रशिक्षक रोबर्टो डे जर्बीलाई नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

ब्राइटनका पूर्वप्रशिक्षक डे जेर्बीले सिजनका बाँकी सात खेलमा टोटनहमलाई रेलिगेसनबाट जोगाउने चुनौती सामना गर्नेछन् । हाल टोटनहम प्रिमियर लिगमा १७औं स्थानमा छ र रेलिगेसन जोनभन्दा एक अंक मात्र माथि छ ।

यदि टोली रेलिगेट भए पनि उनको सम्झौतामा बाहिरिन पाउने (रेलिगेसन क्लज) व्यवस्था छैन । त्यसैले आगामी दुई महिनामा उनी क्लबका नायक बन्ने कि खराब सिजनसँग जोडिने भन्ने तय हुनेछ ।

डे जेर्बीले भने, ‘यो विश्वकै प्रतिष्ठित क्लबमध्ये एकमा आउन पाउँदा म निकै खुसी छु । क्लबको भविष्यप्रतिको स्पष्ट महत्वाकांक्षा छ, र म त्यसलाई पूरा गर्न यहाँ आएको हुँ ।’

टोटनहमले यसअघि प्रशिक्षक इगोर टुडोरसँग आपसी सहमतिमा बिदाइ लिएको थियो । डे जेर्बी क्लबको पहिलो रोजाइ थिए र आइतबारदेखि भएको वार्ता सफल भएपछि उनलाई तुरुन्तै नियुक्त गरिएको हो ।

डे जेर्बीको पहिलो खेल अप्रिल १२ मा सन्डरल्यान्डविरुद्ध हुनेछ । त्यसपछि उनले आफ्नो पूर्व क्लब ब्राइटनसँग खेल्नेछन् ।

टोटनहमका स्पोर्टिङ निर्देशक जोहान लाङले भने, ‘डे जेर्बी हाम्रो पहिलो रोजाइ थिए । उनी आधुनिक र आक्रामक शैलीका उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन् ।’

-बीबीसीबाट

टोटनहम रोबर्टो डे जेर्बी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय