Comments Add Comment

भूकम्पपीडितका नाममा १४ अर्बको अपारदर्शी खर्च !

earthquake (1)
१४ मंसिर, काठमाडौं । भूकम्पपीडितका लागि सरकारको निकासा तथा विभिन्न संघसंस्थाबाट आएको राहत रकमसहित १६ अर्ब रुपैयाँ संकलन भएको छ । संकलित रकममध्ये सवा अर्ब बाँड्न बाँकी रहेको खबर नयाँ पत्रिकाले छापेको छ ।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संघसंस्थाबाट ६ अर्ब ७४ करोड ९१ लाख रुपैयाँ संकलन भएको थियो भने अर्थमन्त्रालयबाट निकासा गरिएको रकम ९ अर्ब ५० करोड गरी १६ अर्ब २४ करोड ९१ लाख रुपैयाँ भूकम्पपीडितका नाममा जम्मा भएको थियो ।

त्यमध्ये केन्द्रीय दैवीप्रकोप उद्धार समितिले १५ अर्ब निकासा पाएकोमा १४ अर्ब खर्च भएको छ । त्यो रकम अपारदर्शी रुपमा खर्च भएको अख्तियारको ठहर छ । कोषमा अब एक अर्ब २४ करोड ९१ लाख ६१ हजार रुपैयाँ मात्रै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment