Comments Add Comment

स्थानीयले मारे ‘दुर्लभ’ किङ्ग कोब्रा

King-Kobra

१४ मंसिर, बुटवल । सर्पको राजाको रुपमा चिनिने तथा नेपालमा दुलर्भ मानिएको राज गोमन -किङ्ग कोब्रा) सर्पलाई स्थानीयले मारेका छन् ।

पाल्पा र नवलपरासीको सीमाना गोठादी नजिकको जंगलमा देखापरेको सर्पलाई स्थानियले मारेका हुन् । उक्त राज गोमन सर्पको तौल ६ किलो तथा ३.५ मिटर लम्बाई रहेको सर्पसम्बन्धि अनुसन्धानकर्ता कमल देवकोटाले बताए ।

स्थानीयले ठुलो सर्प मारेका छौं भनेर फोन गरेपछि हेर्न जाँदा राज गोमन भेटिएको कालिगण्डकी हेल्थ फाउण्डेसनका डा. छविलाल थापाले बताए । ‘सर्पलाई थप अनुसन्धान गर्नका लागि कालिगण्डकी हेल्थ फाउण्डेसनमा राखिएको छ’-उनले भने ।

स्थानीयहरुले धामिन सर्प ठानेर मारेको भएपनि अति विषालु राज गोमन भएको उनले बताए । आईयुसीएन रेड लिष्टको दोस्रो श्रेणीमा पर्ने राज गोमन सामान्यतया नेपालमा कम संख्यामा रहेको मानिन्छ ।

जंगल क्षेत्रमा बसोबास गर्ने यो सर्पको आहाराका रुपमा अन्य सर्पहरु नै हुने गरेको र मानिस भएको ठाउमा खासै नदेखिने उनले दाबी गरे । जंगल क्षेत्रमा मानव अतिक्रमण बढेसँगै राज गोमन सर्प संकटमा परेको सर्प सम्बन्धि अनुसन्धानकर्ता कमल देवकोटा बताउँछन् ।

नेपालमा पाइने राज गोमन माथितिर कालोमा सेतो धर्का तथा तलपट्ट िकालो हल्का पहेलो हुन्छ । नेपालमा अहिलेसम्मको राज गोमन चितवन, पोखरा, काठमाडौं र पाल्पामा भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment