+
+
Shares

नेपाल आउने चिनियाँ पर्यटकलाई निःशुल्क भिषा दिन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २३ गते १२:१७
lasha chiniya Tourist
ल्हासास्थित नेपाली महाबाणिज्यदूतले हालै चिनियाँ पर्यटकलाई पहिलो फ्रि भिषा प्रदान गर्दै । तस्वीरः चाइना न्यूज सर्भिस

२३ पुस, काठमाण्डौ । नेपाल आउने चिनियाँ पर्यटकलाई सरकारले निःशुल्क भिषा दिन सुरु गरेको छ । निःशुल्क भिषासँगै चिनियाँ पर्यटक आगमन हृवात्तै बढ्ने अनुमान गरिएको छ ।

चीनको ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासले हालै नेपाल आउने चिनियाँ पर्यटकको टोलीलाई निःशुल्क भिषा दिएर यो प्रकृयाको औपचारिक सुरुवात गरेको छ ।

हालै नेपाल सरकारले चिनियाँ पर्यटकलाई नेपाल आउँदा भिषा शुल्क नलिने निर्णय गरेको थियो । सो अनुसार अब बेइजिङस्थित नेपाली राजदूतावास, ल्हासा, सांघाई र हङकङस्थित महाबाणिज्य दूतावासमा गएर चिनियाँ पर्यटकहरुले नेपालका लागि निःशुल्क भिषा लिन सक्नेछन् ।

नेपाल सरकारले चिनियाँ पर्यटकलाई १५ दिने, ३० दिने र ९० दिने भिषा दिने छ । चीन नेपालको दोस्रो ठूलो पर्यटक स्रोत मुलुक हो । सन् २०१४ मा विश्वभरबाट नेपाल भित्रिएका ७ लाख ९० हजार पर्यटकमध्ये चिनियाँमात्र एक लाख २३ हजार रहेका थिए ।

chinise tourist

सरकारले सन् २०१६ मा साढे दुई लाख चिनियाँ पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको छ । भिषा शुल्क नलाग्ने भएपछि चीनबाट पर्यटकको आगमन बढ्ने पर्यटन सचिव दिनेश कुमार थपलियाले बताए ।

पछिल्लो समय ठूलो संख्यामा चिनियाँ नागरिक विश्व भ्रमणमा जाने गर्छन । ‘चीन विश्वमै सबैभन्दा बढी पर्यटक भ्रमणमा पठाउने मुलुक हो’ पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भने- ‘त्यसको केही हिस्सा नेपाल भित्राउन सकियो भने राम्रो उपलब्धि हुन्छ ।’

नेपालमा चिनियाँ पर्यटक बाह्रै महिना आउन सक्छन् । त्यसो हुँदा पनि सरकारले चिनियाँ पर्यटक भित्राउन विशेष ध्यान दिइरहेको छ । अघिल्लो वर्षमात्रै नेपाल सरकारले चिनियाँ नागरिकलाइ अनअराइभल भिषा दिन सुरु गरेको थियो ।

भूकम्प, बन्द हडताल र नाकाबन्दीले सुस्ताएको पर्यटनलाई गति दिन पनि चिनियाँ पर्यटकलाई निःशुल्क भिषा दिन थालेको उपाध्यायले बताए । नेपालले शार्क मुलुकका नागरिकलाई नेपाल भ्रमणमा आउँदा भिषा शुल्क लिँदैन् ।

lasha chiniya Tourist 2
चिनियाँ पर्यटकलाई निःशुल्क भिसा दिएपछि पहिलो टोलीसँग तस्वीर खिचाउँदै नेपाली कन्सुलर । तस्वीर : चाइना न्यूज सर्भिस

‘भिषा शुल्क तिर्नु नपर्ने भएपछि चिनियाँ नागरिकको प्राथमिकतामा नेपालमा केन्द्रीत हुनेछ’ प्रवक्ता उपाध्यायले भने- ‘यसले सकरात्मक नतिजा दिनेछ, व्यवसायी पनि उत्साहित भएका छन् ।’

पर्यटन सचिव थपलियाले भिषा फि्र गरेर पर्यटक भित्राउनका लागि प्रमुख शहरहरुमा कार्यालयहरु खोल्ने तयारीमा रहेको बताए । अहिले बेइजिङ, ल्हासा, सांघाई र हङकङबाट मात्र नेपालको भिषा लगाउन पाइन्छ ।

नेपालले छिट्टै ग्वञ्झाओमा महाबाणिज्य दूतावास खोल्न लागेको  जानकारी दिँदै अन्य शहरमा पनि विस्तारै कार्यालय खोल्न गृहकार्य भइरहेको बताए ।

lasha chiniya Tourist 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?