Comments Add Comment

डेढ सय बर्षको इतिहास भएका दुई क्यानेडियन दैनिक सधैंका लागि बन्द

टोरण्टो । झण्डै डेढ सय बर्षदेखि प्रकाशन हुँदै आएका दुई क्यानेडियन पत्रिका बन्द भएका छन् ।

Guelph-Mercury१४९ बर्षदेखि गुएल्फ शहरबाट प्रकाशन हुँदै आएको ‘गुएल्फ मर्करी’ दैनिकले आफ्नो छापा संस्करण बन्द भएको घोषणा गरेको एक दिनपछि अर्को पत्रिका ‘नानाइमो दैनिक’ले पनि छापा संस्करण बन्द गरेको घोषणा गरेको छ । यो पत्रिका १४१ बर्षदेखि प्रकाशन हुँदै आएको थियो ।

पाठक, बिज्ञापन र बिक्रीबाट हुने आम्दानीमा तीब्र गिरावट भएपछि यी दुई दैनिकले छापा संस्करण बन्द गर्ने अपि्रय निर्णय गर्नुपरेको हो । यी दुवै पत्रिकाले अब अनलाइन संस्करणमा केन्दि्रत हुने घोषणा गरेका छन् ।

छापा माध्यमको घट्दो ब्यवसायका कारण यतिबेला क्यानडाको पुरै छापा पत्रकारिता संकटमा परेको छ । यसअघि पोष्टमेडिया नेटवर्कले छापा संस्करणमा भएको घाटाका कारण ठूलो मात्रामा स्टाफ कटौती गर्दै बिभिन्न राज्यमा रहेका न्यूजरुमलाई मर्ज गरेर एउटै बनाउने घोषणा गरेको थियो ।

बेलायती पत्रिका द गार्जियनका अनुसार अमेरिका, बेलायत र अष्ट्रेलियामा पनि छापा पत्रिकाहरुले यस्तै संकट भोगिरहेका छन् । दर्जनौं पत्रिकाहरु बन्द भएका छन् भने पत्रिकाको बिक्री र आम्दानीमा नाटकीय गिरावट आइरहेको छ ।

छापा पत्रिका बन्द गरेर सानो खर्चमा अनलाइन चलाउने तयारी गरे पनि त्यो त्यति सहज भने छैन । अनलाइन बिज्ञापनको बजार अझै पनि निकै सानो छ भने प्रसारण माध्यमहरुमा पनि बिज्ञापन घट्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment