Comments Add Comment

भारतको गुजरातमा बस दुर्घटना, ४२ जनाको मृत्यु

bus accident२३ माघ, काठमाडौं । भारतको दक्षिण गुजरातमा यात्रुबहाक बस दुर्घटना हुदा ४२ जनाको मृत्यु भएको छ । गुजरातको नवसारी जिल्लामा शुक्रबार राति पूणर्ा नदिको पुलबाट बस खसेको थियो ।

दुर्घटनामा अन्य १८ जना घाइते भएको जनाइएको छ । उनीहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको जनाइएको छ ।

गुजरात राज्य यातायात निगमको उक्त बस ६० जना यात्रु लिएर नवसारीबाट उकाईका लागि प्रस्थान गरेको थियो । गुजरातका मुख्यमन्त्री आनन्दी बेन पटेलले सामाजिक सञ्जाल टि्वटर मार्फत भनेकी छिन् ‘ मैले नवसारीका सम्वन्धित अधिकारीलाई दुर्घटनामा परेका यात्रुको उद्धार एवं राहतका लागि निर्देशन दिएको छु ।’ यसका साथै उनले मृतकको परिवाललाई चार-चार लाखका दरले राहतको समेत घोषणा गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment