Comments Add Comment

केपी ओलीले एकलौटी सरकार चलाएको माधव नेपालको आरोप

Madhav-Nepal२४ माघ, पाल्पा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टीका अध्यक्ष समेत रहेका  केपी शर्मा ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी, पाल्पा शाखाद्वारा आइतबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता  नेपालले पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी समितिसँग सरकार सञ्चालनको विषयमा कुनै सरसल्लाह, छलफल नगरेको आरोप लगाए ।

एमालेको नेतृत्वमा सरकार सञ्चालन भएको अवस्थामा पार्टीमा पनि सरकार सञ्चालनको अनुभव भएका व्यक्तिहरु प्रशस्त रहेकाले, पार्टीभित्र छलफल होस्, प्रधानमन्त्री तथा पार्टी अध्यक्षले समय समयमा सुझाव सल्लाह लिनुहोस् भन्ने अपेक्षा आफूहरुको रहेको रहेपनि ओली एकलौटी चल्न खोजेको नेपालको आरेाप थियो ।

एक फरक प्रशंगमा नेपालले बाबुराम भट्टराईको नयाँ शक्तिको कुनै औचित्य नभएको तर्क गरे । उनले भने आफ्नो नेतृत्वमा सरकार हुँदा केही गर्न नसक्ने तर बाहिर निस्केपछि ठूला कुरा गर्नुको कुनै औचित्य छैन ‘

सङ्घीय संरचनाको विषयमा अहिले भएको सात प्रदेशलाई चलाउन नहुने बताउँदै पूर्व प्रधानमन्त्री नेपालले तराईमा भइरहेको आन्दोलन मधेसी जनताको नभई केही जमिनदारको भएको साथै विदेशीको इसारा र आशीर्वादमा भएको धारणा राखे । जहाँ जस्तो जनताको भावना छ त्यहीअनुसार प्रदेश निर्माण भएको नेपालले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment