Comments Add Comment

नारीहरुले रक्षाका लागि बोक्ने ‘खुर्पा’मा बन्यो चलचित्र

khurpa movie (2)
यूवती तथा नारीहरुले आफ्नो रक्षाका लागि बोक्ने हतियार हो, ‘खुर्पा’ । गाउँ घरमा महिलाहरुले अझैपनि आफ्नो आत्मरक्षाका लागि यो हतियार बोक्ने गर्छन् । यही नाममा चलचित्रको निर्माण भएको छ ।

माता पाथिभरा फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको यो चलचित्र फागुन १४ गतेबाट प्रदर्शनमा आउने काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराइयो । हस्त लिवाङ्ग मुख्य निर्माता रहेको यो चलचित्रमा किशोर सुब्बाको कथा, लेखन तथा निर्देशन छ ।

विराज आङदेम्वे, विशाल थेवे, पदम चोङवाङ यसका सह निर्माता हुन् । हस्त लिवाङ्गको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा सविन श्रेष्ठ, पुष्पा लिम्बु, रोशन श्रेष्ठ, सुष्मा अधिकारी, रविन्द्र खड्का, लक्ष्मी गिरी, सिमान्त उदास, पुष्प श्रेष्ठको मुख्य भूमिका छ ।
निरज कुमारको गीत तथा संगीत, समीर मियाँको सम्पादन, शंकर महर्जनको एक्सन, गोविन्द राइको नृतय रहेको यो चलचित्रले नारी संघर्ष र बदलाको कथा भन्नेछ ।

कार्यक्रममा चलचित्रका निर्माता, निर्देशक र कलाकारले  बिषयवस्तु र आफ्नो भूमिकाको बारेमा जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment